site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
उच्च मनोबलमा रहेको पाकिस्तानसँग न्युजिल्यान्डको परीक्षा 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । गएको सेटेम्बरमा न्युजिल्यान्ड पाकिस्तनको टुरमा थियो । टी–ट्वान्टी क्रिकेट र एकदिवसीय क्रिकेट सिरिज खेल्न गएको न्युजिल्यान्ड सुरक्षा खतरा भएको भन्दै नखेली फर्कियो ।

त्यस घटनाको पाकिस्तान सरकार र पाकिस्तान क्रिकेट दुवैले दुःख व्यक्त गरे । मैदानमा पुगिसकेको टिम क्रिकेट नै नखेली फर्कंदा पाकिस्तानी क्रिकेटरले पनि निराशा जनाए ।

त्यसपछि अहिले दुबईमा न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई प्रतिस्पर्धीको रूपमा पाएको छ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा नै भारतलाई १० विकेटले हराएर उच्च मनोबलमा रहेको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्डसँग खेल्दै छ । न्युजिल्यान्डको भने यो पहिलो खेल हो ।

Dabur Nepal
NIC Asia

विश्वकप इतिहास हेर्दा पकिस्तान न्युजिल्यान्डभन्दा बलियो टोली हो । पहिलो खेल जितेको पाकिस्तान दोस्रो खेलमा सहज विजय आत्मसात् गर्न चाहन्छ ।

भारतविरुद्धको खेलपछि पाकिस्तानका कप्तान बाबर आजमले पाकिस्तानको लक्ष्य विश्वकप क्रिकेटको उपाधि भएकोले यो जितले बलियो वा कमजोर आँक्न नसक्ने बताएका थिए ।

न्युजिल्यान्ड प्रतियोगिताको पहिलो खेलमा नै पाकिस्तानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । अनुभवी ब्याटिङ लाइन र राम्रो बलिङ क्षमतामा केन विलियमसनको कप्तानीमा न्युजिल्यान्ड मैदान उत्रनेछ ।

सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्न नसकेको न्युजिल्यान्ड टी–ट्वान्टी विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छ । पाकिस्तान आईसीसी टी–ट्वान्टी वरीयताको तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको इतिहास हेर्दा पाकिस्तान र न्युजिल्यान्डबीच भएका १४ खेलमा पाकिस्तानले १० खेल जितेको छ । टी–ट्वान्टी विश्वकपमा भने पाकिस्तान र न्युजिल्यान्डबीच पाँच खेल भएकामा पाकिस्तान तीन खेलमा विजयी भएको थियो । आजको खेल जितेमा पाकिस्तानको सेमिफाइनल प्रवेश सम्भावना केही सहज बन्नेछ ।

दुबईस्थित सारझा क्रिकेट स्टेडियममा हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ बाट सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro