site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के नेपाली चलचित्र क्षेत्र सानो छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । डेढ वर्षदेखि नेपाली चलचित्र ठप्प प्रायः छ । १९३ वटा सिनेमा हल भएको चलचित्र क्षेत्र डेढ वर्ष करिब ठप्प भयो । भलै अहिले काठमाडौंलगायत केही सहरका हलमा हलिउड चलचित्र चल्न सुरु भएका छन् । तर, नेपाली चलचित्र अझै रिलिज भएका छैनन् भने पनि हुने अवस्था छ । यो बीचमा केही चलचित्र त रिलिज भए, तर ती चलचित्रमा दर्शकको आकर्षण नगन्य रह्यो ।

करिब दुई सय सिनेमा हलमा ताला झुन्डिँदा अरबौँ रुपैयाँ प्रदर्शकलाई मात्रै घाटा लाग्यो । कोरोना संक्रमणको त्रासका कारण ०७६ चैतबाट करिब डेढ वर्ष बन्द हुँदा करिब १८ अर्ब घाटा बेहोर्नुपर्यो । यकिन तथ्यांक त सरकारसँग पनि छैन । तर, बन्द भएका सिनेमा हलले बेहोरेको घाटा, बन्द भएका हलमा भएको लगानी र यो क्षेत्रमा रहेका श्रमिकले रोजगारी गुमाउँदा डेढ वर्षमा करिब १८ अर्बभन्दा धेरै घाटा बेहोर्नुपरेको छ । केही समय बन्द हुँदा अरबौँ रुपैयाँ घाटा बेहोर्नुपर्ने क्षेत्र सानो हो कि ठूलो ?
कोरोनाका कारण लामो समय हल बन्द हुँदा सधैँका लागि बन्द हुने सिनेमा हलको संख्या ३५ पुग्यो ।

आम्दानी शून्य रहे पनि भाडाको घरमा रहेका तथा धेरै जमिनमा रहेका हलहरू भाडा तिर्न नसक्दा सधैँका लागि बन्द भए । एउटा हल निर्माणका लागि औसतमा ६ करोड रुपैयाँ लगानी लाग्छ । प्रतिहल ६ करोड लगानी हुँदा ३५ हल बन्द हुँदा दुई अर्बभन्दा धेरै लगानी डुब्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यही अवधिमा सिनेमा हल निर्माण पनि भइरहेका छन् । काठमाडौंमा मात्रै आधा दर्जन सिनेमा हल निर्माण भइरहेका छन् । काठमाडौंमा बानेश्वर, कालिमाटी, कीर्तिपुरलगायत ठाउँमा सिनेमा हलहरू निर्माण भइरहेका छन् ।

पोखरा, दमौली, नेपालगन्ज, भैरहवा र धनगढीमा पनि सिनेमा हल निर्माण भइरहेका छन् । बन्द भएका अधिकांश सिनेमा हल सिंगल थिएटर हुन् भने बनिरहेका मल्टिप्लेक्स हुन् । त्यसैले बन्द भएका हलको सिट संख्या बनेका हलले रिकभर गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन् । सिनेमा हलमा करिब १२ अर्ब रुपैयाँ लगानी रहेको छ । सिनेमा हलमा मात्रै १२ अर्ब लगानी रहेको चलचित्र क्षेत्रलाई सानो हो कि ठूलो ?

Royal Enfield Island Ad

नेपाली चलचित्र क्षेत्रमा वार्षिक एक सयको हाराहारीमा चलचित्र बन्न थालिसकेको छ । भलै अहिले कोरोना संक्रमणको त्रासका कारण सम्पूर्ण क्षेत्र ठप्प हुँदा यो संख्या घटेको छ । वार्षिक ९६ वटासम्म चलचित्र रिलिज भए । निर्माण भएका सबै चलचित्र रिलिज हुँदैनन् । त्यसैले सयभन्दा धेरै चलचित्र वर्षदिनमै बन्ने चलचित्र क्षेत्र सानो हो ?

एउटा चलचित्रमा कति लगानी हुन्छ ? सबै चलचित्र निर्माणमा समान बजेट खर्च हुँदैन । त्यसैले यति नै खर्च हुन्छ भन्ने यकिन त हुँदैन । कुनै चलचित्रको लागत बजेट एक करोड पनि हुँदैन । तर, कुनै चलचित्रको बजेट चार करोड पनि हुन्छ । केही दिनअगाडि डिजिटल प्लेटफर्ममा रिलिज भएको मनोज पण्डितको चलचित्र ‘एक’ ५० लाखको सेरोफेरोमा रिलिज भएको सिनेमा हो । निर्माण सम्पन्न भएर थन्किएको चलचित्र ‘प्रेम गीत–३’ को बजेट चार करोड रुपैयाँ नाघेको निर्माता सन्तोष सेनले बताइरहेका छन् । प्रतिचलचित्र लागत औसत डेढ करोड राख्ने हो भने वार्षिक साढे एक अर्ब सिनेमामा लगानी हुन्छ । अहिले पाँच दर्जन चलचित्र निर्माण सम्पन्न भएर रिलिजको पर्खाइमा छन् भने यो चलचित्र क्षेत्र कसरी सानो भयो ?

चलचित्र क्षेत्रका सबै विधामा पूर्णकालीन र आंशिक गरी करिब ३० हजार चलचित्रकर्मी आबद्ध छन् । चलचित्र निर्माता संघका अनुसार कलाकार, प्राविधिक, निर्माता तथा स्रष्टा गरेर करिब ३० हजार चलचित्रकर्मी यो क्षेत्रमा आबद्ध छन् ।

चलचित्र प्राविधिक संघका अनुसार करिब साढे तीन हजार चलचित्र प्राविधिक छन् । यसमा करिब सात सय प्राविधिक सक्रिय छन् । जो दैनिक गुजाराका लागि यही क्षेत्रमै आश्रित छन् । यतिका धेरै जनशक्ति आबद्ध चलचित्र क्षेत्र कसरी सानो भयो ?

पछिल्लो समय सिनेमा कलेजहरू खुल्न थालेका छन् । सिनेमा कलेजमा विद्यार्थीको आकर्षण पनि देखिन थालेको छ । विश्वविद्यालयहरूले ऐच्छिक भए पनि पाठ्यक्रम लागु गरेका छन् । सिनेमा पढेकाहरूले यही क्षेत्रमा भविष्य खोज्न थालेका छन् । फिल्म कलेज पढेकाहरूले बनाएका चलचित्रमा नयाँ प्रयोग हुन थालेको छ । पुरानो बलिउड फर्मुलालाई छोडेर मौलिक विषय र शैलीतर्फ नयाँ पुस्ताले फड्को मार्न खोज्दै छ । केही चलचित्रले इन्टरनेसनल फिल्म फेस्टिभलको स्वाद चाखिसकेका छन् । नेपाली बक्स अफिसबाटै एउटै चलचित्रले १५/१६ करोड रुपैयाँ कलेक्सन गरिसकेका छन् भने कसरी नेपाली चलचित्र क्षेत्र सानो भयो ? निर्देशक केपी पाठक प्रश्न गर्छन् ।

यही क्षेत्रमा बिताएको पहिलो पुस्ताले आफ्नो सन्तानलाई चलचित्र क्षेत्रकै बाटो देखाएको छ । भुवन केसीले अनमोल केसीलाई, बद्री अधिकारीले केकी अधिकारीलाई, शोभित बस्नेतले सलोन बस्नेतलाई, टीका पहारीले गौरव पहारीलाई चलचित्र क्षेत्रमै स्थापित गराइसकेका छन् । करिष्मा मानन्धर, शिव श्रेष्ठ, अशोक शर्मालगायतले पनि आफ्नो सन्तानलाई चलचित्रमा डेब्यु गराइसकेका छन् । स्थापित हुनु÷नहुनु व्यक्तिमा रहेको इच्छाशक्ति र मिहिनेतमा भरपर्ला, तर उनीहरूले यो क्षेत्रमा आउनबाट आफ्नो सन्तानलाई रोकेका छैनन् भने के चलचित्र क्षेत्र सानो छ ?

डक्टरदेखि पाइलटसम्म बैंकरदेखि व्यवसायीसम्मको आकर्षण चलचित्र क्षेत्रमा छ । एउटै चलचित्रबाट ३० लाख रुपैयाँसम्म पारिश्रमिक कलाकारहरूले बुझ्न थालिसकेका छन् । म्युजिक भिडियोमा अभिनय गर्ने मोडल हुन् वा दशकौँ रंगमञ्चमा अभिनय गरेका स्थापित कलाकार हुन्, उनीहरूको मुख्य ‘गोल’ नै चलचित्र क्षेत्रमा जानु हुन्छ भने के चलचित्र क्षेत्र सानो हो कि ठूलो भन्ने प्रश्न छ ?

निर्देशक केपी नेपाली चलचित्र क्षेत्रलाई सानो भन्न नमिल्ने तर राज्यले भने ‘रिकगनाइज’ नगरेको बताउँछन् । वर्षमा सयवटासम्म चलचित्र बन्ने क्षेत्रलाई सानो भन्न नसकिने उनको दृष्टिकोण छ । तर, बजार भने ठूलो नरेहेको उनी स्वीकार गर्छन् । राज्यको ध्यान चलचित्रमा खिचिन नसक्दा बजार पनि फैलिन नसकेको उनको भनाइ छ । नाटक, साहित्य र संगीतलाई स्वीकार गर्दै छुट्टै एकेडेमी खोल्ने सरकारले चलचित्रको अस्तित्त्व स्वीकार गर्न नसकेको उनको ठहर छ ।

“साहित्य, संगीत तथा नाटकलाई आत्मसात् गर्ने सरकारले चलचित्रको अस्तित्त्व स्वीकार नगर्नुको प्रमाण यसको छुट्टै एकेडेमी नहुनु हो । यदि, सरकारले स्वीकार गरेको भए चलचित्रलाई सम्बोधन गर्ने एकेडेमी हुने थियो,” केपी भन्छन्, “चलचित्र विकास बोर्ड नामक सरकारी निकाय नै नभएको त होइन, तर सरकारले यसलाई बजेट दिँदैन । सरकारले खोलेको निकाय विदेशी फिल्मको शुल्कबाट चल्नुपर्छ । जुन संस्था विदेशी फिल्म प्रदर्शनको शुल्कबाट चल्छ भने यसले स्वाभाविक रूपमा विदेशी फिल्मको पक्षपोषण गर्छ ।”

संगीत, साहित्य र नाट्यकला तीनवटै विधालाई एक्लै समेट्ने क्षेत्र नै बेवास्तामा परेको उनी बताउँछन् । चलचित्र क्षेत्र सानो नरहेको तर सरकारले नजरअन्दाज गरिरहेको उनको तर्क छ ।

निर्देशक विनोद पौडेलको विचार भने अलि फरक छ । संख्यालाई मात्रै लिएर चलचित्र उद्योग ठूलो छ भन्न नमिल्ने उनको धारणा छ । नेपालमा आवश्यकताभन्दा धेरै चलचित्र बनिरहेको उनको भनाइ छ । माग र आपूर्तिको सप्लाइमा सन्तुलन नहुँदा चलचित्र क्षेत्र घाटामा रहेको र घाटाको उद्योगलाई सकारात्मक भनेर विश्लेषण गर्न नहुनेमा उनको जोड छ । सिनेमा नचल्नु भनेको समग्र चलचित्र क्षेत्र नचलेको हो भन्ने बुझाइ हुुनुपर्ने उनी बताउँछन् । बजारमा आपूर्ति र मागको सप्लाइको सन्तुलन नभएकै कारण अधिकांश चलचित्र घाटामा जाने गरेको उनको बुझाइ छ ।

बजारका हिसाबले नेपाली चलचित्र सानो रहेको उनी बताउँछन् । ठूलो बजारको अभाव रहेको उनले औँल्याए । “म नेपाली फिल्ममेकर हुँ भन्दा हलिउडका फिल्ममेकर ह्व्यर इज नेपाल ? भनेर सोध्छन्, नेपाल भन्ने नै थाहा छैन भने नेपाली फिल्म इन्डस्ट्रिबारे उनीहरूलाई के थाहा,” उनी भन्छन्, “एकाध चलचित्रले करोडौँ कमाए भनेर त्यसैलाई मानक मानिनु हुँदैन । प्राकृतिक ग्रोथ छ कि छैन त्यो मुख्य पक्ष हो ।”

मनोवैज्ञानिक हिसाबले पनि नेपाली चलचित्र उद्योग ठूलो नरहेको निर्देशक पौडेलको जिरिह छ । जहाँ चलचित्रको लिट्रेसी छ, जहाँ पर्याप्त फिल्मी एकेडेमी छन्, जुन सिनेमाको युनिभर्सल ल्यांग्वेज बनिसकेको छ, जुन चलचित्र क्षेत्रको आफ्नै छुट्टै विषय र प्रस्तुति छ सही अर्थमा त्यो ठूलो चलचित्र क्षेत्र कहलाउने उनको भनाइ छ ।

“इरान र कोरिया भूगोलका हिसाबले त्यति ठूला देश होइनन् । तर, आज उनीहरूका चलचित्रले विश्वभर आफ्नो परिचय बनाइसकेका छन् । साउन्ड, कलर, विषय, प्रस्तुति, अभिनय हरेक हिसाबले हामी पछि छौँ । त्यसो हो भने हाम्रो चलचित्र क्षेत्र कसरी ठूलो भयो ?,” उनको प्रश्न छ, “एकाध चलचित्र केही फेस्टिभलमा जाँदैमा त्यसलाई सफलताको मानक मान्ने ।”

“नेपालमा मास्टर पिस सिनेमा निर्देशक खोइ ?,” भन्दै उनी प्रश्न गर्छन् । कसैको एउटा चलचित्र फेस्टिभलमा गयो भन्दै त्यसैलाई सफलता मानेर नाक फुलाएर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । “यथार्थमा नेपालमा मास्टर सिनेमा छैनन् । मास्टर पिस सिनेमा बनाउने निर्देशक छैनन् । मेरै फिल्म विदेशी फेस्टिभलमा गयो होला, तर त्यसमै रमाएर बस्ने अवस्था छैन,” उनी भन्छन्, “मेरो एउटा चलचित्र फेस्टिभलमा गयो भन्दा पनि मसँग सिनेमाको लिट्रेसी कति छ भन्ने मुख्य पक्ष हो । लिट्रेसी उच्च छ भने वास्तवमा त्यो नै ठूलो सम्पत्ति हो ।”

चलचित्र क्षेत्रमा प्रवेशको ‘इजी एक्सेस’ पनि नेपाली चलचित्र क्षेत्रले अपेक्षित विकास नगर्नु मुख्य कारण रहेको उनको तर्क छ । नेपालमा घर–घरमा फिल्ममेकर रहेको उनी बताउँछन् । “आफूले कहिल्यै नसुनेको चलचित्र क्षेत्रको मेकर हुँ भनेर भन्दा पनि हलिउडका फिल्ममेकरले हामीलाई हेर्ने दृष्टिकोण नै कति धेरै फरक हुन्छ,” विनोद आत्मसमीक्षा गर्छन्, “उनीहरूले हामीलाई दिएको यो उच्च सम्मान सिनेमा लिट्रेसी र उसको क्षमतालाई गरेको सम्मान हो । तर, के हामीमा त्यति धेरै फिल्म लिट्रेसी छ, जे उनीहरूले सोचिरहेका छन् ? हामी साँच्चै जानेर चलचित्र बनाइरहेका छौँ कि रहरले त्यसमा गम्भीरतापूर्वक सोच्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro