site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
फेसबुक र ट्वीटरविरुद्ध उत्रिने भन्दै ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जाल लन्च गर्दै ट्रम्प
SkywellSkywell

बीबीसी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ नामक नयाँ सोसल मिडिया नेटवर्क लन्च गर्ने घोषणा गरेका छन् । उनले आफ्नो यो संजाल फेसबुक, ट्वीटर जस्ता ठूला प्राविधिक कम्पनीहरुको विरुद्धमा खडा हुने बताएका छन् जसले अमेरिकामा विपक्षी आवाजलाई शान्त पारिरहेको उनको आरोप छ । 

ट्रम्प राष्ट्रपतिका रुपमा निर्वाचित हुनमा सामाजिक संजालको पनि अधिक महत्वपूर्ण भूमिका रहेको छ । र पदभार गरिसकेपछि पनि उनले समर्थकहरुसँग कुरा गर्न अनि आफ्ना राजनीतिक धारणा प्रस्तुत गर्न सामाजिक संजालकै प्रयोग गर्ने गर्दथे । 

Dabur Nepal
NIC Asia

तर जनवरी ६ मा भएको अमेरिकी संसद हमला पश्चात् फेसबुक, ट्वीटर लगायत सबै प्रमुख सामाजिक संजाल प्लेटफर्मले उनको अकाउन्टमाथि प्रतिबन्ध लगाएका हुन् । उनका पोस्टहरु धम्कीपूर्ण, हिंसा भड्काउने र अपमानजनक हुने गरेको थियो ।

उनीमाथि प्रतिबन्ध लगाउनु अगाडि नै फेसबुक र ट्वीटरले धेरैपटक उनका पोस्टहरु डिलिट गरिदिने अनि गलत सूचना फैलाइरहेको भन्ने चेतावनीको लेबल लगाउने गरेका थिए । कोरोना भाइरस सम्बन्धी उनका धेरै पोस्टहरु गलत ठहर गरिएका थिए । 

उनले भनेका छन्, “ हामी यस्तो दुनियाँमा बस्छौँ जहाँ ट्वीटरभरि तालिबानको भारी उपस्थिति छ तर तपाईँहरुलाई सबैभन्दा मनपर्ने राष्ट्रपतिको चाहिँ बोली खोसेर शान्त पार्न खोजिएको छ । ” 

यसअघि उनले डेस्क अफ डोनाल्ड ट्रम्प भन्ने ब्लग पनि लन्च गरेका थिए । तर सञ्चालनको एक महिना नहुँदै सो वेबसाइट स्थाइ रुपमा बन्द भएको थियो । 

ट्रुथ सोसल अर्को महिना नै ग्राहकहरुका लागि खुला हुने उनले बताएका छन् । २०२२ को पहिलो तीन महिना यो देशव्यापी रुपमा सञ्चालन गरिने भनिएको छ । ट्रम्पले थप भनेका हुन्, “सबैले मलाई सोधिरहन्छन् कि ठूला प्राविधिक कम्पनीको विरुद्धमा किन कोही उठ्दैन ? अब म भन्न सक्छु, हामी आफैँ यसतर्फ छिटै खडा हुनेछौँ । ”

तर ट्रम्पले भनेजसरी ट्वीटर र फेसबुक जस्ता प्लेटफर्मलाई प्रतिस्पर्धा गर्ने नेटवर्क सजिलै स्थापित गर्न नसकिने प्राविधिक विद्हरुले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro