site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आइसल्याण्डमाथी फराकिलो जित निकाल्दै फ्रान्स सेमिफाइनल प्रवेश
Sarbottam CementSarbottam Cement

एजेन्सी
पेरिस । आइसल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स घरेलु मैदानमा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको अन्तिम क्वाटरफाइनलमा आइसल्याण्डलाई ५ – २ गोल अन्तरले पराजित गर्दै आयोजक फ्रान्स अन्तिम चारमा पुगेको हो ।

पेरिस स्थित स्टेड डी फ्रान्स स्टेडियममा भएको खेलमा फ्रान्सले नवप्रवेशी टिम आइसल्याण्डमाथी एकतर्फी जित निकाल्यो । फ्रान्सको जितमा ओलिभर जेउरुडले दुई तथा पउल पोग्वा, दिमित्री पयट र एन्टोनी ग्रिजम्यान एक एक गोलले गोल गरे । आइसल्याण्डबिरुद्धको फ्रान्सको यो जित जारी युरोकप कै पहिलो फराकिलो जित हो । योसंगै फ्रान्स युरोकपको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । फाइनल प्रवेशका लागी अब फ्रान्सले सेमिफाइनलमा विश्वकप बिजेता जर्मनीसंग खेल्ने छ । जर्मनी इटालीलाई पराजित गर्दै यसअघि अन्तिम चारमा पुगीसकेको छ । त्यस्तै पोर्चुगलले वेल्सको सामना गर्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फ्रान्सले पहिलो हाफको १२ औ मिनेटमा नै जेउरुडको गोलबाट सुरुवाती अग्रता लिएको थियो । यो फ्रान्सले सन् २०१२ को युरोकपपछि पछिल्ला ७ खेलमा पहिलोपटक पहिलो हाफमा गोल गरेको हो । फ्रान्सले खेलको २० औ मिनेटमा अग्रता दोब्बर बनायो । एन्टोनी ग्रिजम्यानको कर्नरमा पोग्वाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि पहिलो हाफको अन्तिम ४ मिनेटमा फ्रान्सले लगातार दुई गोल गर्यो । खेलको ४० औ मिनेटमा दिमित्री पयटले फ्रान्सको अग्रता तेब्बर बनाएका थिए भने पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्लिकबाट गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ४ – ० को अग्रता लियो ।

पहिलो हाफमा ४ – ० ले पछि परेको आइसल्याण्डले दोस्रो हाफको सुरुमा एक गोल फर्कायो । खेलको ५९ औ मिनेटमा कोल्बिन सिग्र्पोसनले आइसल्याण्डका लागी गोल फर्काए । तर, त्यसको तिन मिनेट नबित्दै फ्रान्सका लागी जेउरुडले फ्रान्सको लागी व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि खेलको ८४ औ मिनेटमा आइल्याण्डको बिर्किर बजरनासनले थप एक गोल गरेपछि खेल फ्रान्सले ५ – २ ले आफ्नो पक्षमा बनाएको हो ।

Global Ime bank

जितसंगै घरेलु मैदानमा जारी युरोकप जित्ने सम्भवाना कायम रहेको छ । फ्रान्सले सन् १९८८ को युरोकपबाहेक अन्य सबै सस्करणमा सहभागिता जनाउदै आएको छ । फ्रान्सले दुई पटक युरोकप जितेको छ । यस पटक उपाधि जित्द्दै फ्रान्स तेस्रो पटक युरोपियन च्याम्पियन हुने बाटोमा रहेको छ । तर, फ्रान्स अघिल्लो सस्करणमा भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

यता, फ्रान्ससंग पराजित भएसंगै पहिलो सहभागितामै उपाधि जित्ने आइसल्याण्ड सपना पुरा हुन् सकेन । समुह चरण र अन्तिम १६ मा सशक्त प्रदर्शन गरेको आइसल्याण्डले फ्रान्सविरुद्ध कुनै चमत्कारी खेल पस्कन सकेन । आइल्याण्डले समुह चरणमा बलियो टोलि पोर्चुगललाई बराबरीमा रोकेको थियो भने अन्तिम १६ मा इंग्ल्यान्डलाई पराजित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७३  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC