site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सैनिकले कहिले पाउँछन् २५ लाख घर कर्जा ?
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पहिलो पटक सम्बोधन गर्दै नीति तथा कार्यक्रममा सैनिक जवानलाई घर बनाउन २५ लाख कर्जा दिने स्किम ल्याएको बताएपछि सेनामा उत्साह फैलिएको छ ।
 
सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले घर बनाउन सहुलियत कर्जा दिने विषय प्रधानसेनापतिको नीति तथा कार्यक्रममा परेकाले यसै वर्षभित्र कार्यान्वयनमा आउने जानकारी दिए । उनले मुख्य रुपमा दश वर्ष नोकरी पुगिसकेका सेनाका सबै सेवारत जवानहरुले घर बनाउन सहुलियत कर्जा पाउने बताए । नीतिअनुसार बढीमा २५ लाखसम्म घर खर्च प्राप्त गर्न सक्ने छन् । 

कर्जा कसरी पाउन सकिन्छ ?
कर्जा पाउन विस्तृत अध्ययन भइरहेको प्रवक्ता पौडेलले बताए । कर्जा कसरी वितरण हुन्छ, पाउन के–के गर्नुपर्छ र निकासा कसरी हुन्छ भन्ने विस्तृत विवरणबारे गृहकार्य हुँदैछ । कल्याणकारी योजना महानिर्देशनालयले यसको विषयमा गृहकार्य गरेर नीति बनाउने छ । “त्यसको लगत्तै परिपत्र गर्छौं,” उनले भने, “क–कसले कसरी उपलब्ध गर्न सक्छ र यो प्राप्त गर्ने मोडल कस्तो हुन्छ भन्ने बारे जानकारी गराउने छौं ।”
 
उनले एकैपटक २५ लाख पाउने नभइ चरणबद्ध रुपमा कर्मचारी सञ्चय कोषले गरेको जस्तो नक्सा पास गर्दा अथवा जग खन्दाको समय उपलब्ध गराउन सक्ने बताए । यसका लागि उनले घर कर्जा दिने मोडलसँग काम गर्न प्रयास गरिरहेको बताए । यसका अलवा उनले बैँकसँग सहुलियत दरमा काम गर्न सकिने र सेनाले आफैं पनि सहुलियत दरमा कर्जा उपलब्ध गराउन सक्ने हुुँदा विभिन्न मोडल प्रयोगमा आउन सक्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement