site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईईको नतिजा भोलि सार्वजनिक हुने

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) बिहान सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बिहीबार बिहान नतिजा सार्वजनिक गरिने जानकारी दिए । 

“अहिले बोर्ड बैठक बस्दै छ, आजै रिजल्ट आउट गर्न हतार गर्दैनौँ, भोलि बिहान सार्वजनिक गर्ने तयारी छ,” पौडेलले बाह्रखरीसित भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । 

२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार  विद्यार्थी सहभागी भएका थिए । 

यसरी थाहा पाउन सकिन्छ नतिजा

see-result-1719389516.jpg
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्