site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भोजपुरको अरुण गाउँपालिका – ३ का ३ जना बालबालिका असार १० गते साँझ एक्कासि हराए । हराएको दुई दिनपछि उनीहरूको लास त्यहीकै एउटा माछा पोखरीमा भेटियो । रहस्मयरूपमा मृत्यु हुनेमा १४ र ८ वर्षका बालक र १३ वर्षकी बालिका थिए । उनीहरूको लासजाँच (पोस्टमार्टम) गर्दा मुखमा चुइँगमको बुझो भेटिएको प्रारम्भिक प्रतिवेदनमा जनाइएको थियो । ती बालबालिका निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाको टोली बसेको रेडक्रसको भवनतिर गएपछि हराएका थिए । महिना दिन पुग्दा घटनाका बारेमा यथार्थ जानकारी नपाउँदा सम्बन्धित परिवारका सदस्य थप पीडामा पर्नु स्वाभाविकै हो । स्थानीय जनतामा घटनाले आक्रोश उत्पन्न गरेको प्रतिध्वनि संसद्मा पनि सुनिएको छ । स्थानीय बासिन्दा अहिले आतंकित भएका बताइएको छ भने अझै अनुसन्धानमा अलमल र जालझेल भएमा तिनको आक्रोशको घेरा फराकिलो हुन पनि सक्नेछ ।

बालबालिकाको रहस्यमय मृत्युका बारेमा अनुसन्धानमा गम्भीर त्रुटि भएको आवाज उठ्न थालेको छ । व्यवस्थापिका संसद्मा यस विषयमा सांसद् कुमारी लक्ष्मी राईले निकै गम्भीर खुलासासहित प्रश्न उठाएकी छन् । सांसद राईले सरकारको ध्यानाकर्षण गर्दै अपराध अनुसन्धानका लागि लगिएको प्रहरीको कुकुर सैनिकहरू बसेको भवनतिर जान लाग्दा प्रहरीले रोकेको दाबी गरेकी छन् । सांसद राईको दाबी सत्य हो भने यस प्रकरणमा देशका दुईवटा सुरक्षा निकायको साख जोडिन पुगेको देखिन्छ । प्रहरीले सांसद राईको आरोपको आधिकारिक खण्डन गरेको छैन । नेपाली सेना प्रत्यक्षरूपमा विवादमा नतानिएकाले सेनाबाट यस विषयमा जानकारी नआएको हुनसक्छ । तर, स्थानीय बासिन्दा भने घटनाको अनुसन्धान निष्पक्ष र सक्रियतापूर्वक नगरिएको ठानेर आक्रोशित हुँदै गएका छन् । उनीहरूले स्थानीय तहमा आन्दोलन थालेका छन् र नारदमुनि थुलुङ राजमार्गमा केही घन्टा यातायात बन्दसमेत गरेका छन् ।    

Prabhu Bank
Agni Group
NIC Asia

यस घटनामा सरकारले केन्द्रीय तहबाटै विशेष अग्रसरता देखाएर अनुसन्धान नगराउने हो भने स्थानीय जनतामा आक्रोश बढ्दै जानेछ । पक्कै पनि यातायात बन्द गरेर अपराधको अनुसन्धानमा सहयोग पुग्दैन र त्यसो गर्नु उचित पनि हुँदैन । तर, सरकारले यस्ता घटनाको अनुसन्धानलाई गम्भीरतापूर्वक नलिने हो वा जालझेल गर्ने हो भने जनताको आक्रोश थेग्न सजिलो हुनेछैन । त्यसमा पनि दुईवटा सुरक्षा निकायहरूको साख यस घटनामा जोडिन पुगेकाले सरकारको उच्च राजनीतिक नेतृत्व नै यसमा गम्भीर हुनुपर्छ । प्रहरीले अनुसन्धानका लागि लगेको कुकुरलाई सेनाको बिटमा जान रोकेको हो भने त्यो गम्भीर गल्ती हो । यद्यपि, कुकुर पस्दैमा अपराधी त्यहीँभित्र छ वा हुन्छ भनेर ठोकुवा गर्न मिल्दैन । तर, सन्देहको घेरा त्यसबाट केन्द्रित भने हुँदै जान्छ । प्याउलीका बासिन्दाको स्थानीय प्रहरी र प्रशासनबाट विश्वास  भंग भइसकेको देखिन्छ । यसैले  अनुसन्धानलाई विश्वसनीय बनाउन र अपराधीलाई सजाय दिलाउन सरकारले इमानसाथ सक्रियता देखाउनु आवश्यक छ । सरकारले इमानदार प्रयत्न गरेको विश्वास जनतालाई दिलाउन सकेमात्र स्थिति सामान्य हुनेछ र जनता आतंकित र आक्रोशित हुनेछैनन् । स्थानीय जनताले घटनाको अनुसन्धानमा केन्द्रीय टोली खटाउन गरेको माग पूरा गरेर सरकारले जनताको जिउधन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाओस् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC