site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुबारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुबारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो । 

प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरू उत्पादन हुनेछन् । साढे १४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ ।

Agni Group
NIC Asia

आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाइ हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो । उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिए । प्लान्टबाट उत्पादित पोलहरू मुख्य रूपमा प्रदेश नं १ र र २का जिल्लाहरूमा आपूर्ति गरिने छ ।

प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कङ्क्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  २२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu