काठमाडौं । नेपाली महिला भलिबल टोलीले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि तयारी गरिरहेको छ । नेपाल भलिबल संघ (एनभीए)ले तयारी गराइरहेको हो ।
संघले एनभीए भलिबल च्याम्पियनसिपबाट ३० खेलाडीलाई प्रारम्भिक छनोटमा राखेर प्रशिक्षण सुरु गरेको थियो । हाल २७ खेलाडी छन् । नेपाल पुलिस क्लबले आफ्ना तीन खेलाडीलाई प्रशिक्षणमा बोलाएन । नेपाली टोलीले पहिलोपटक यो प्रतियोगिता खेल्न लागेको हो ।
भलिबल टोलीलाई मुख्य प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण गराइरहेका छन् । संघले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेर प्रशिक्षण गराइरहेको छ ।
प्रशिक्षणमा रहेका खेलाडी–
त्रिभुवन आर्मी क्लब – सोफिया पुन, सुनीता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का र संगम महतो ।
न्यु डायमण्ड एकेडेमी – प्रतिभा माली, अरुणा शाही, सलीन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर, झरना श्रेष्ठ र वाल्मीका आचार्य ।
नेपाल पुलिस क्लब – कमला पुन, पुनम चन्द, मनीषा चौधरी र लक्ष्मी चन्द ।
एपीएफ – सरस्वती चौधरी, निरुता ठगुन्ना, उषाकुमारी बिष्ट, हीरा केसी, रेश्मा भण्डारी, कविता भट्ट र पूजा चौधरी ।
भरतपुर – सरस्वती कट्टेल ।
थप तस्बिर हेर्नोस्–