site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आगामी आर्थिक वर्षका लागि कस्ताे नीति तथा कार्यक्रम ल्याउँदैछ काठमाडौं महानगर ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले (भोलि) असार ३ गते आगामी आथिर्क वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मंगलबार बसेको कार्यपालिका बैठकमा चालु आर्थिक वर्षको समीक्षा गर्दै आगामी वर्षको नीति प्रस्तावमाथि छलफल भएको छ । 

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा मंगलबार बसेकोे बैठकमा विगतका वर्षमा लिइएका नीति र तिनको कार्यान्वयनको विश्लेषण गरेको थियो । यसैका आधारमा आगामी वर्षको नीति प्रस्ताव गरिने महानगरले जनाएको छ । 
  
कार्यपालिका सदस्यहरूबाट बुधबार बेलुकासम्म प्राप्त हुने सुझावलाई समेटेर वाार्षिक नीति तथा कार्यक्रमको प्रस्ताव महानगरको नवौँ नगरसभामा पेश गरिने बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले बताए । प्रस्तावमाथि नगर सभा सदस्यहरूले सुझाव दिने बताइएको छ  । त्यसपछि अधिवेशनको अर्को बैठकले नीति तथा कार्यक्रमलाई पारित गर्ने छ । 

जैविक विविधता र सहरी हरियाली प्रवर्धन गर्ने
आगामी वर्षको नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले जैविक विविधता र सहरी हरियाली प्रवर्धन गर्ने नीति ल्याउने भएको छ । सहरमा नासिँदै गएको हरियाली र जैविक विविधतालाई पुनस्र्थापना गर्न जरुरी रहेको भन्दै यस्तो नीति ल्याइने महानगरले जनाएको छ । यसका लागि महानगरपालि र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच मंगलबार सम्झौता भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा भएको सम्झौतामा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र कोषकातर्फबाट सदस्य सचिव शरदचन्द्र अधिकारीले सहमति जनाउँदै हस्ताक्षण गरिसकेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौँ उपत्यका खासगरी काठमाडौं महानगर क्षेत्रभित्रको विद्यमान सहरी हरियाली (पारिस्थितिकीय प्रणाली) र जैविक विविधताको विद्यमान अवस्थालाई सुधार गरेर पुनस्र्थापना गराउने सम्झौता बमोजिमको मुख्य काम हो । महानगरले निर्माण थालनी गरेको पार्क, वन तथा नदी किनारा र सार्वजनिक स्थानमा गरिएको हरियालीलाई व्यवस्थित र वैज्ञानिक विकास गर्न आवश्यक पर्ने नीति, रणनीति तथा कार्य योजना बनाउने र ती नीतिगत व्यवस्थालाई कार्यान्वयन गराउन सम्झौता बमोजिम काम गरिने नीति ल्याइने भनिएको छ ।
 
यस्ता क्षेत्रको संरक्षण, सम्बद्र्धन र सम्भावित सार्वजनिक उद्यान सम्बन्धी विस्तृत योजना तयार पार्ने र थालिएका कामलाई दिगो बनाउन महानगरको संस्थागत क्षमता बढाउने काम पनि सँगै गरिने योजना छ  ।  

यसअघि पार्क निर्माण, वृक्षारोपण तथा हरियाली प्रवद्र्धनमा गरिएका प्रयासलाई सहकार्यले विकास गर्न सघाउने महानगरका मेयर शाक्यको भनाइ छ । ‘‘आगामी वर्षको नीति तथा कार्यक्रममा विगतका कमजोरी सुधार गरिनेछ । आगामी कार्यक्रमलाई वैज्ञानिक तथा व्यवस्थित बनाउन सहकार्य प्रभावकारी हुनेछ,” मेयर शाक्यले भने ।  

Global Ime bank

कोषका सदस्य सचिव अधिकारीले सहरीकरणका कारण काठमाडौंको परम्परागत र रैथाने जैविक विविधता र हरियालीको प्रणालीमा ठूलो असर गरेको बताए । ‘‘विकास भन्नेबित्तिकै पूर्वाधारलाई मात्र प्राथमिकता दिइने गरेकोमा काठमाडौं महानगरले प्राकृतिक वातावरण जोगाउने कामलाई मनन गरेर हामीसँग सम्झौता गरेको छ । यसलाई हामीले बिग्रिएको अवस्था सुधार गर्ने ठूलो अवसरका रूपमा लिएका छौँ,” उनले भने । कोषसँग पटकपटकको बैठक र सहरको विद्यमान अवस्थाको विश्लेषण गरेपछि सहकार्यमा काम गर्ने निष्कर्षमा पुगिएको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

प्रयोगशालासँगको सहकार्यमा काम गरिने  
महानगरले सार्वजनिक प्रयोगशालासँगको सहकार्यमा काम गर्ने नीति ल्याइने जनाएको छ । यसका लागि नीति अध्ययन विश्लेषणका लागि काठमाडौ्र विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरिएको मेयर शाक्यको भनाइ छ । यसका लागि मंगलबार महानगरको सभा गृहमा सम्झौता भइसकेको  छ । सम्झौताबमोजिम विश्वविद्यालयले महानगरबाट यसअघि भएका नीतिगत प्रयासहरूको अध्ययन विश्लेषण गरेर आगामी नीति निर्माणमा सघाउने, शैक्षिक कार्यक्रमबाट संस्थागत विकास गर्ने काममा सहयोग गर्नेछ । यसैगरी विश्वविद्यालयका विद्यार्थीहरूलाई महानगरले पोलिसी इन्टर्नसिप, प्राक्टिकम वा क्यापस्टोनका माध्यमबाट क्षमता बढाउने सहयोग गर्नेछ । 

यसै गरी दुवै पक्ष मिलेर सुशासन, आर्थिक—सामाजिक समावेशिता लगायत विषयमा संयुक्त अध्ययन, अनुसन्धान, प्रकाशन गर्ने, गोष्ठी तथा सेमिनार आयोजना गर्ने काम हुनेछ । यसैगरी सार्वजनिक नीति प्रयोगशाला (पब्लिक पोलिसी ल्याब) सँगको सहकार्यमा पोलिसी आउटरिच सेन्टर स्थापना गरिनेछ ।  

सहरी व्यवस्थापनमा सघाउन शैक्षिक तथा अनुसन्धानमा आधारित प्रतिष्ठित निकायसँग सम्बन्ध जोडेको मेयर शाक्यले बताएका छन् । ‘‘हामी आफ्नो क्षमताभन्दा बाहिरको काम गर्न त्यस कामका लागि संस्थागत क्षमता, संरचना, अनुभव र जनशक्ति भएका निकायसँग सहकार्य गर्ने नीतिअनुसार काम गरिरहेका छौँ ।” कोभिड महामारीका समयमा सरकारी र सामुदायिक अस्पतालहरूको क्षमता बढाउन गरिएको सहयोगको प्रसङ्ग उल्लेख गर्दै शाक्यले यसबाट अपेक्षित उपलब्धी प्राप्त भएको बताए ।

सहरी वस्तु तथा सेवामा देखिएका समस्या समाधान गरिने
काठमाडौं महानगरपालिकाले सहरी वस्तु तथा सेवामा देखिएका समस्या समाधान सम्बन्धी नीति ल्याइने जनाएको छ । सहरी समस्याहरूको प्रविधियुक्त समाधानका लागि महानगर र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भइसकेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । 

सम्झौताबमोजिम सहरी वस्तु तथा सेवामा देखिएका समस्याहरूको समाधानका विषय अध्ययन, अनुसन्धान तथा विकास गर्न प्रतिष्ठानमा सहरी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना हुनेछ । महानगरभित्र सम्पन्न हुने विकास निर्माणको गुणस्तर परीक्षण, महामारीजस्ता समुदायस्तरका समस्या समाधान गर्न नवप्रवर्तनमा आधारित कार्यक्रममा युवाहरूको सहभागिता बढाउने, ज्ञान, सिप र प्रविधिको विकास प्रयोग तथा हस्तान्तरण गर्ने, विज्ञान पार्कको स्थापना, खाद्य हरियाली सहर विकासलगायत क्षेत्रमा दुई पक्षबीच सहकार्य हुनेछ ।

यस्तै अन्य नीति तथा कार्यक्रमका लागि महानगरमा निरन्तर गृहकार्य तथा छलफल भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC