site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ट्यांकर चालक र सह–चालकलाई खोप लगाउने सहमतिपछि आन्दोलन फिर्ता

काठमाडौं । ट्यांकर चालक र सह–चालकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने सहमति भएको छ । खोप गाउने हसमति भएसँगै ट्यांकर चालकले आन्दोलन फिर्ता लिएका छन् । 

नेपाल आयल निगम व्यवस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबीच ट्यांकर चालक, सह–चालकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने सहमति भएको नेपाल आयल निगमले जनाएको छ । 

Dabur Nepal

“नेपाल पेट्रोलियम ट्यांकर चालक संघले निगमको वाग्मती प्रादेशिक कार्यालय, थानकोट तथा २ नं. प्रादेशिक कार्यालय, अमलेखगञ्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड–अनलोड तथा विक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजबाटै फिर्ता लिई ट्यांकर संचालन सुरू गरि डिपो अपरेशनको कार्य सुचारू गर्ने सहमति भएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

निगमसँग आबद्ध एल.पि. ग्यास उद्योगी, ग्यास विक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदुरहरूलाई क्रमिक रूपमा खोप लगाउँदै जाने सहमति भएको निगमले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro