site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदीको नाम सिफारिस

काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदीको नाम सिफारिस भएको छ । प्राधिकरणको पदपूर्ति समितिको आज बुधबारको निर्णयानुसार सुवेदीको नाम कार्यकारी निर्देशकमा सिफारिस भएको हो । 

बिमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम बमोजिम सम्भाव्य उम्मेदवारहरूको कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कूल अंकको आधारमा सबैभन्दा बढी अंक प्राप्त गरी सुवेदीको नाम सिफारिस गरिएको पदपूर्ति समितिले जनाएको छ । 

कार्यकारी निर्देशक पदका लागि तीनजनाको उमेदवारी परेको थियो । तीनजनामध्ये सुवेदी ७७.१९४ अंक प्राप्त गरी बढुवा सिफारिसमा पर्न सफल भए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro