site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाँदरको बन्ध्याकरण : सातै प्रदेशमा भौतिक संरचना निर्माण गर्न विज्ञको सुझाव

काठमाडौं । बाँदर आतंक कम गर्न बन्ध्याकरणको लागि आवश्यक ऐन, कानुन बनाउन संसदीय समितिलाई विज्ञहरूले सुझाएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

बैठकमा बोल्दै नेपाल भेटेनरी एसोसिएसनका महासचिव डा. केदार सुवेदीले कानुन निर्माणको माध्यमबाट बाँदर आतंकको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने बताए । उनले बाँदर नियन्त्रणका लागि सातवटै प्रदेशमा भौतिक संरचना निर्माण गर्न समेत जरुरी रहेको उल्लेख गरे । बाँदरको आतंक कम गर्न कानुन निर्माणमा जोड दिनुको विकल्प नरहेको बताए ।

Dabur Nepal

"सरकारले बाँदर नियन्त्रणका लागि एउटा टेम्पोररी कानुन मात्र बनाएको छ मुद्दा नलाग्ने भनेको छ । कृषि वा वन मन्त्रालयबाट कानुन नै बनाएर बाँदर आतंकको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकियो भने चाहीँ बाँदरको बन्ध्याकरण गर्ने कानुनी आधार खुल्छ भन्ने लाग्छ । अर्को, हामीले भौतिक संरचनाहरूको व्यवस्था, उपकरणहरूमा मोबाइल भ्यानको व्यवस्था सातवटै प्रदेशमा राख्न सकिन्छ," डा. सुवेदीले भने, "बाँदरको स्थानान्तरण गर्ने, जंगल र बस्तीबीचको दुरी कायम गर्ने, हेरालुहरू राख्ने, बाँदरलाई मन पर्ने रुख बिरुवा र फलहरू जंगलमा लगाउने, बाँदर निर्यात गर्ने आदि विषयमा व्यापक छलफल र सहमति जनाउन जरुरी छ ।"

बैठकमा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले बाँदर बन्ध्याकरणबारे राष्ट्रिय नीति र रणनीतिमा छलफल गर्नुपर्ने बताए । उनले बाँदर बढेको क्षेत्रमा केन्द्रित रहेर बन्ध्याकरण भन्दा पनि प्राकृतिक रूपमै कम हुने किसिमका उपाय खोज्नुपर्ने बताए ।

बाँदर नियन्त्रणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गरे । जंगलमा मृगहरू कम छन्, चितुवाले घरपालुवा जनावरहरूमा आक्रमण गर्ने भएको कारण कानुन निर्माणका क्रममा यस कुरालाई गम्भीर रूपले हेर्नुपर्ने बताए ।

बैठकमा सांसदहरूले बाँदरले कृषि बाली नष्ट गर्दा गाउँ नै रित्तिदै गएको कारण बाँदर व्यवस्थापनमा ढिलाई गर्न नहुने बताए । बाँदरको बन्ध्याकरणका लागि आवश्यक उपकरण र केन्द्र स्थापना गर्नुपर्ने, बन जंगलमा बाँदरका लागि खाना पानीको व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro