site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरमा एक लाख नागरिकलाई खोप लगाउने लक्ष्य छ : मेयर शाक्य
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ वर्ष उमेरसमूहका करिब १ लाख नागरिकलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताएका छन् ।

‘‘काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ,” शाक्यले भने, ‘‘हामीले नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक लाखलाई दिने लक्ष्य राखेका छौँ ।”

यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो । ‘‘विगतका दिनमा अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भिडभाड हुने, त्यही भिडभाडबाट संक्रमण फैलिने डर हुने लगायतका विभिन्न खाले गुनासो आएपछि त्यसलाई सम्वोधन गर्ने गरी भेरोसेल खोप लगाउँदा काठमाडौं महानगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको छ,” उनले भने, ‘‘अघिल्लो चरणको खोप पनि महानगरपालिककै व्यवस्थापनमा सञ्चालन गरेका थियौँ । त्यो बेला पनि धेरै सहज भयो भन्ने पनि प्रतिक्रिया प्राप्त भएपछि यो पटक पनि हामीले ३२ वटै वडामा ३२ वटा केन्द्र बनाएर अभियान सञ्चालन गरेका छौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

मेयर शाक्यले अस्पतालमा अनावश्यक भिड गर्दा त्यहिबाट संक्रमण फैलिने भन्ने जनगुनासोलाई ध्यानमा राखेर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने अभियान काठमाडौ महानगरपालिकाकै व्यवस्थापनमा सञ्चालन भैरहेको भन्दै त्यो उमेर समूहका आम महानगरवासी नागरिकलाई सेवा लिन आग्रह गरेका छन्  । 

मेयर शाक्यले, ‘‘यो अभियान काठमाडौं महानगरका नागरिकलाई मात्रै होइन ७७ जिल्लाबाटै राजधानीमा बसोवास गर्ने सो उमेर समूहका नागरिकलाई हो । तपाईँहरु आफूलाई पायक पर्ने स्थानमा नागरिकतासहित खोप लगाउन जानु होला ।”

Royal Enfield Island Ad

उनले भीडभाड कम गर्न पाँच समूह विभाजन गरी खोप अभियान सञ्चालन गरेको भए पनि श्रीमान–श्रीमती वा जेष्ठ नागरिकलाई खोप लगाउन साथैमा लिएर खोप केन्द्र पुगेका त्यो उमेर समूह भित्रका नागरिकलाई भने खोप लगाउने दिन होइन रहेछ भने उसलाई समेत त्यसैदिन खोप लगाएर पठाउने व्यवस्था गरेको बताए ।

सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेका छन् ।  ‘‘खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ,” उनले भने, ‘‘यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।”

वडा खोप केन्द्रको नाम :

१. नन्दी रात्री स्कुल, नक्साल

२. वडा कार्यालय, लाजिम्पाट

३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

४. वडा कार्यालय, वालुवाटार

५. वडा कार्यालय, हाँडीगाउँ

६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

७. वडा कार्यालय, मित्रपार्क, चावहिल

८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२. बुद्ध माई अस्पताल, टेकु

१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५. भुइँखेल चौर, स्वयम्भू

१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१७. पब्लिक युथ क्याम्पस, धोवी चौर

१८. पुष्पलाल पार्क, विष्णुमती किनार

१९. वडा १९ कार्यालय परिसर,

२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२. वडा कार्यालय, टेवहाल

२३. नव आदर्श विद्यालय, बसन्तपुर

२४. इतुमबहाल, तारणीबहाल

२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२६. वडा कार्यालय परिसर, लैनचौर

२७. महावौद्ध चोक

२८. कार्यालय परिसर, सिटी मार्केट

२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

३१. इ.पी.एस. स्कूल, मीनभवन

३२. वडा कार्यालय परिसर, पाल्पाकोट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro