site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले झगडामा कहाँ छन् वामदेव ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित हुँदा उपाध्यक्ष रहेका वामदेव गौतम पार्टी मिलाउने अभियानमा लागे । 

प्रचण्ड–नेपाल र ओली पक्षीय समूहका गुटगत कार्यक्रममा नजाने उद्घोष गरेका गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरे । 

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविकको अवस्थामा फर्किए । तर, विवाद एमालेमा कायम नै रह्यो । एमालेमा ओली र खनाल–नेपाल समूहगत गतिविधि जारी नै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गौतम हाल पनि एकता अभियानमा नै रहेको उनको सचिवालयले जानकारी दिएको छ । तर उनले यो विषयमा भने औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

गौतमले दुई दिनअघि उपप्रधानमन्त्रीसमेत रहेका राजेन्द्र महतोले दिएको अभिव्यक्तिको आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली यसमा अनविज्ञ रहन नमिल्ने धारणा राखेका थिए ।

Global Ime bank

तर गौतम पार्टीभित्र एकताको पक्षमा उभिएको र दुवै पक्षलाई वार्ताको दबाब दिने भूमिकामा रहेको उनी निकटस्थहरु बताउँछन् ।

पार्टीका अध्यक्ष ओलीले गरेका पछिल्ला निर्णय फिर्ता लिनुपर्ने अडानमा नै रहेको उनको सचिवालयले जानकारी दियो ।

केही समयअघि गौतमले खनाल–नेपाल समूहले छुट्टै पार्टी गठन गरे र आफू उक्त पार्टीमा सामेल हुने घोषणा गरेका थिए ।

त्यसयता उनले पार्टीको विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । 

वामदेव निकट नेता हरि पराजुलीका अनुसार यतिबेला वामदेव ‘पर्ख र हेर’को नीतिमा छन् । ओली पक्ष र नेता नेपाल पक्षका नेताहरुबीच भइरहेको अनौपचारिक संवादको निष्कर्षको पर्खाइमा पूर्वमन्त्री समेत रहेका पराजुलीले बताए । खनाल–नेपाल समूहबाट नेताहरु घनश्याम भुसाल, गोकर्ण विष्ट ,सुरेन्द्र पाण्डे र ओली पक्षीय नेताहरुबीच अनौपचारिक रुपमा केही अघि वार्ता भएको थियो । 

सोही वार्तापछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार बेलुका एक वक्तव्य जारी गर्दै प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई समर्थन गर्ने गरी गरिएको हस्ताक्षर फिर्ता लिएमा आफू जेठ २ को अवस्थामा फर्किन तयार रहेको बताएका छन् ।
तर यसलाई झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरुले भने ‘षडयन्त्र’ भनेका छन् ।

तर सोही समूहभित्रका कतिपय नेताहरुले भने ओलीको कदमको स्वागत गरेका छन् । यो समूहले आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

वामदेव समूहले भने दुवै पक्षको वार्ताको सहजीकरण आफूहरुले गरेको दाबी गर्दै आएको छ ।

“हामी पर्ख र हेरको अवस्थामा छौं । घनश्याम, योगेशजीहरुले वार्ता गरिरहनुभएको छ । हेरौं निष्कर्ष के हुन्छ । वार्ताको सहजीकरण हामीले नै गरेका हौं । औपचारिक रुपमा वार्ता भयो भनेर एउटा विज्ञप्ति निकाल्ने कुरा थियो । तर, केपी कामरेडले विज्ञप्ति निकाल्नु भएन । उहाँले अनौपचारिक रुपमा वार्तामा बोलाउनुभयो,” पराजुली भन्छन् । 

वार्ताको निष्कर्षपछि के गर्ने भन्ने निर्णयमा पुग्ने उनले बताए । 

२०७५ जेठ २ को आसपासमा फर्कनको लागि १० सदस्यीय कार्यदल गठन भएको थियो । तर, उक्त कार्यदल भंग भएको दुवै पक्षीय नेताहरु बताउछन् । 

एमालेको खनाल–नेपाल समूहका नेताहरुले नेता माधवकुमार नेपाललाई पार्टी विभाजनका लागि दबाब दिइरहेका छन् । 

पार्टीअध्यक्ष केपी शर्मा ओलीसँग एकता सम्भव नभएको भन्दै छिट्टै निर्णय लिन तल्ला तहका नेताहरुले दबाब बढाएका छन् । 

तर, सर्वोच्च अदातलको फैसलाअघि विभाजन नगर्ने निष्कर्षमा उक्त समूह पुगेको छ । तर, पार्टी नफुटाउन आग्रह गर्ने पराजुली बताउँछन् । 

उता, ओली पक्ष पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयत्न गर्ने बताइरहेका छन् । स्थायी कमिटीको बैठक तोकिए पनि पार्टी एकताका लागि भन्दै बैठक अनिश्चित कालसम्मका लागि स्थगन भएको छ ।

प्रधानमन्त्री ओलीले जेठ २१ गते जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

केही महत्वपूर्ण मन्त्रालय ओली आफैँले राखेका छन् । वामदेव निकट अर्का एक नेता बाँकी रहेका मन्त्रालय छिट्टै पूर्ति हुने या नहुने भन्ने विषयले वार्ता कहाँ पुगेको भन्ने अनुमान गर्न सकिने बताउँछन् ।

“बाँकी मन्त्रालयमा मन्त्री फूल भए भने वार्ता कता गइरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ । तत्काल फूल भएनन् भने ठाउँ रहिरहन्छ,” ती नेताको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC