site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोकाकोला फाउन्डेसन अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्दै

काठमाडौँ । कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाइ सहयोग गरेको छ ।

यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक हो । यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको जनाएको छ ।

Dabur Nepal

यो दुवै सडक र हवाई द्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिने फाउन्डेसनले जनाएको छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा नहुने जनाईएकाे छ ।" प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ," फाउन्डेसनले भनेकाे छ ।

फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले व्रियसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको जनाइएकाे छ ।

कोका–कोला फाउन्डेशनका प्रेसिडेन्ट बीए पेरेजले भने “हामीलाई थाहा छ कि हामी कोेभिड–१९ को संकटबाट अझै पूर्ण रुपले मुक्त भएका छैनौँ । हामी नेपालमा कोभिड–१९ का बिरामीहरुको लागि थप अक्सिजनको उपलब्धता सिजर्ना गर्ने  प्रयासलाई समर्थन गर्दछौँ र यसमा हामीले हाम्रो स्रोतहरु प्रयोग गर्न पाउँदा निकै गर्व महसुस गरेका छौँ।”

अक्सिजन उत्पादन गर्ने युनिटले २०,००० भन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको सप्लाईले ठूलो फाइदा हुनेछ, १८,००० भन्दा बढी अस्पतालको बेडहरुले एक वर्ष सम्म नियमित अक्सिजनको सप्लाई पाउँनेछन् र ५,००० भन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ।

स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुने फाउन्डेसनले जनाएको छ।

क्रियसनका फाउन्डर र प्रेसिडेन्ट आनन्द मिश्राले भने ,“अन्य प्लेटफर्महरुसँगको सहकार्यमा व्रिmयसनले शुरु गरेको अक्सिजन फर नेपाल नेपालमा कोभिड–१९ विरुद्ध सबैभन्दा ठूलो गैर–सरकारी ह्युमानिटेरियन रेस्पन्स हो। हामीले यस महामारीको लागि आर्थिक संकलन गरेर र आवश्यक चिकित्सा वस्तुहरुको माध्यमबाट निरन्तर जवाफ दिइरहेका छौँ। हामी कोका–कोला फाउन्डेसनलाई हाम्रो महत्वपूर्ण उद्येश्यलाई समर्थन गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौँ ।" 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  ००:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro