site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी : नियमावलीविपरीत आलोचना गरेपछि सभामुखले एमाले सांसदको रेकर्ड नै हटाइदिए
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशसभा बैठकमा नै पहिलोपटक सांसदको रेकर्ड हटाउन सभामुख नेत्रनाथ अधिकारीले रुलिङ गरेका छन् । प्रदेशसभाको ३ वर्षे इतिहासमा रेकर्ड हटाउन भनिएको यो पहिलो घटना हो ।

गण्डकीमा अहिले बजेट अधिवेशन चलिरहेको छ । अर्थमन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ । तर, मुख्यमन्त्रीले एक हप्ता लगत्तै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । मुख्यमन्त्री गुरुङ ठुलो दल एमालेको तर्फबाट संविधानको धारा १६८ (३) अनुसार गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यही राजनीतिक सरगर्मीका कारण यहाँको बजेट अधिवेशन प्रभावित जस्तै देखिएको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा सुझावभन्दा पनि विपक्षी कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनले सरकारलाई सुझाव दिएको छैन । उसले सरकारलाई बहुमत सिद्ध गर्न भनिरहेको छ । नैतिकताको आधारमा विकल्प खुला गरिदिन उनीहरूको आग्रह छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यही सेरोफेरोमा सत्तापक्षले चाहिँ सरकारको बचाउ गरिरहेका छन । सत्तापक्षलाई नैतिकताको पाठ सिकाउन खोज्ने भन्दै विपक्षी सांसदलाई उनीहरूले अघिल्लो महिना गरिएको संसद अधिवेशनको कुरा ल्याएर जवाफ फर्काएका छन् ।

गत वैशाख १५ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तीन दलको लिखित र जनमोर्चाको मौखिक समर्थनका आधारमा वैशाख २ गते दर्ता भएको अविश्वासको प्रस्तावलाई १५ गते निर्णयाार्थ गर्ने भनिएको थियो ।

Global Ime bank

तर, जनमोर्चाका एक सांसद अचानक हराए र जनमोर्चाकै सचेतक पियारी थापाको निवेदनको आधारमा उक्त दिनको संसद बैठक अनिश्चितकालको लागि स्थगित भएको थियो ।

पछि सोही कार्यसूचीलाई अगाडि बढाउने सहमति कार्यव्यवस्था परामर्श समितिमा जुट्यो । तर, मुख्यमन्त्रीले राजीनामा दिए र पुन मुख्यमन्त्री भए । पुनः मुख्यमन्त्री भएपछि उनले विश्वासको मत लिने दिन नजिकिँदै छ ।

यता प्रतिपक्षी र सत्तारुढ सांसदको सवालजवाफ संसद्मा चलिरहेको छ ।

यही राजनीतिक उपक्रमका बिच सभामुखले आफ्नो विशेषाधिकार प्रयोग गर्दै एक सांसदले राखेको धारणा रेकर्डबाटै हटाउन लगाएका छन् । बुधबार बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमाथि बोलेका एमाले सांसद मनबहादुर गुरुङको अभिव्यक्तिलाई रुलिङ गर्दै सभामुख अधिकारीले तत्काल रेकर्डबाट हटाउन निर्देशन दिएका हुन ।

गुरुङले के भनेका थिए ?
विद्वान माननीयज्यूहरूले नैतिकताको कुरा बारम्बार उठाउनुभएको छ । म यो नैतिकताको बारेमा व्यवहारको बारेमा, इमान्दारिताको बारेमा प्रश्न उठाइदिनुहुने माननीयज्यूहरूलाई धन्यवाद दिन चाहन्छु । अहिलेसम्म विज्ञानले नैतिकतालाई मापन गर्ने यन्त्र बनाएको त मैले देखेको छैन ।

हामीले वैशाख १३ गते अविश्वासको प्रस्तावमा मतदान गर्न बोलाएको हैन ? किन बैठक बोलाएको माननीयज्यूहरू ? अविश्वासको प्रस्तावमा छलफल गर्न हैन, कार्यसूचीमा हालिसकेको विषय, कार्यसूचीमा आइसकेको कार्यक्रमलाई एकाएक सत्ता पक्ष वा सरकारले स्थगित गरेको हो ? सूचना टाँस गरेको हो ? के यसमा कार्यव्यवस्थामा बस्नेहरूले राजीनामा दिनुपर्दैन ? त्यो को–कोले राजीनामा दिनुपर्दैन ?

हिजो जनताको बिचमा गएर सबैभन्दा ठूलो दल भएर आएको यो नैतिकता होइन ? यदि यो पनि भएन फेरि ५ वर्षमा हामी जनताको बीचमा जान खोज्दैछौँ । यही हो एकमात्रै मापन भन्ने मलाई लाग्छ ।

राजीनामाको प्रसंग आएपछि सभामुखले सांसद गुरुङलाई नियमावली अनुसार बोल्न आग्रह गरेका थिए ।

कारण, कार्यव्यवस्था परामर्श समितिको सभापति सभामुख नै रहने व्यवस्था छ । गण्डकी प्रदेशको प्रदेशसभा सञ्चालन नियमावली २०७४ को दफा १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिएको छ ।

सांसद गुरुङले समितिका पदाधिकारीले राजीनामा दिनुपर्ने भन्दा त्यसमा स्वतः सभामुख पनि पर्दछन् । नियमावलीको दफा २० (ङ) अनुसार छलफलमाथि बोल्दा सभामुखको आलोचना गर्न नपाइने व्यवस्था गरिएको छ ।

सभामुखले गरेको निर्णयमाथि प्रश्न उठाउने अधिकार सांसदलाई नदिइएको बताउँदै सभामुख अधिकारीले सोही आधारमा रुलिङ गरेको बताएका छन् ।

अर्कातर्फ, सोही नियमावलीको नियम ३२ ले सभामुखको विशेषाधिकारको व्यवस्था गरेको छ । दफा ३४ अनुसार प्रदेशसभा बैठक स्थगित गर्ने अधिकारी सभामुखलाई दिइएको छ । सोही अधिकारको आधारमा सभामुख अधिकारीले गत वैशाख १५ गतेको बैठक स्थगित गरेका थिए ।

सभामुख अधिकारी भन्छन्, “उहाँले जे बोल्नुभयो त्यो बोल्न मिल्छ कि मिल्दैन ? उहाँले सभामुखले गरेको निर्णयलाई आलोचना गर्न पाइँदैन । उहाँले बोल्न नमिल्ने कुरा बोल्नुभयो । त्यसकारण उहाँ बोलेको कुरा रेकर्डबाट हटाइएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC