site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन जिल्लाका सीडीओको अनुभव– स्वअनुशासनमा बसे निषेधाज्ञा लगाउनु पर्दैन

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमण र मृत्युदर बढ्दो छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७७ मध्ये हालसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

तीन जिल्लामा भने निषेधाज्ञा लागु गरिएको छैन । ती जिल्लामा कोरोना संक्रमित भने नभएका होइनन् । तर, दर न्यून छ । मनाङ, खोटाङ र तेह्रथुममा निषेधाज्ञा लागु गरिएको छैन ।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार जिल्लामा हालसम्म ११७ जनामा संक्रमण देखिएको छ । एकजनाको वृद्धको संक्रमणकै कारण मृत्यु भएको छ । तर, निषेधाज्ञा जारी गर्नुपरेको छैन ।

Dabur Nepal

उनी भन्छन्, “सबैले स्वअनुशासन पालना गरिदिँदा निषेधाज्ञा लगाउनेतर्फ हामीले सोच्नुपरेको छैन । स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, व्यवसायी सबैको सकारात्मक सहयोग पाएका छौँ । त्यसैले हामीलाई निकै सहज भएको छ ।”

खोटाङमा राजनीतिक दल, नागरिक समाजलगायतसँग प्रशासनले निरन्तर छलफल र सुझाव लिने गरेको छ । स्थानीय तहले अनुमगनलाई तीव्रता दिएका छन् । सासंददेखि जनप्रतिनिधिले आफ्नो तहबाट हुने सहयोग गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार सीमामा कडाइ गरिएको छ । व्यवसायीले स्वतस्फूर्त रुपमा निश्चित समयमा पसल खोलेर सहयोग गरेका छन् । नयाँ व्यक्ति आएको अवस्थामा सम्बन्धित पालिकाको जिम्मा लगाएर त्यसको निरन्तर अनुगमन भइरहेको छ । वडास्तरसम्म प्रभावकारी रुपमा सबै सक्रिय छन् । जिल्लामा अक्सिजन प्लान्ट जडान गर्नेतर्फ पहल भइरहेको छ ।

शर्मा भन्छन्, “यो सामूहिक लडाइँ हो । हामी सामूहिक रुपमै जुटेका छौँ । मैले प्रत्येक दिन जनप्रतिनिधि, चिकित्सक, राजनीतिक दल, नागरिक समाजलगायतसँग आफैँ छलफल गर्छु । उहाँहरुका सकारात्मक सुझावलाई कार्यात्वयन गर्छौँ । जनस्तरबाट राम्रो सहयोग छ । यस्तै रहे हामी निषेधाज्ञातर्फ अगाडि बढ्दैनौँ ।”

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी जयराज भण्डारी पनि सबैजना आत्मानुशासनमा बसेकाले जिल्लामा निषेधाज्ञा लगाउनु नपरेको बताउँछन् । जिल्लामा हाल १०७ जना सक्रिय संक्रमित छन् । एकजनाको मृत्यु भएको छ । उनका अनुसार जिल्लाका सीमामा कडाइ पारिएको छ । नाकामै हेल्थपोस्ट राखिएको छ । अत्यावश्यकबाहेकका काममा सबै जिम्मेवार देखिएका छन् ।

उनी भन्छन्, “महामारीविरुद्धको लडाइँ सबैको साझा हो । यसमा सबैको सहकार्य जरुरी छ । त्यसैले हामी सकेसम्म कानुनी रुपमा अगाडि बढ्न नपरोस भन्ने चाहन्छौँ । जनताको राम्रो सहयोग छ । यस्तोमा निषेधाज्ञा आवश्यक परेको छैन ।”

मर्दापर्दाको काममा प्रशासनले समन्वय गरिरहेको र स्थानीय तहको पनि राम्रो भूमिका रहेको उनी बताउँछन् । व्यवसायीले पनि प्रशासनको आग्रहलाई सकारात्मक रुपमा लिएर सहयोग गरेकाले पनि निषेधाज्ञा नलगाएरै आफूहरु अगाडि बढेको उनको भनाइ छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने पनि स्वास्थ्य मापदण्डको सबैले पालना गर्दा निषेधाज्ञा जारी गर्नु नपरेको बताउँछन् । उनका अनुसार मनाङमा हालसम्म ४६ जनामा कोरोना संक्रमण देखिएको छ । दोस्रो लहरमा कसैले ज्यान गुमाउनुपरेको छैन । अन्य जिल्लाबाट आउनेलाई अनिवार्य क्वारेन्टिन लागु गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro