site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
निषेधाज्ञामा एनसेलले ल्यायो विभिन्न राहत प्याकहरु, सम्पर्कमा रहिरहन सहज हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यले  विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ ।

कम्पनीले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु र एनसेल सापटीमा विभिन्न थप सुविधालगायत राहत अफरहरु ल्याएको कम्पनीले जनाएको छ ।

ग्राहकमैत्री अफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपत्कालीन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास लिइएको एनसेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्येक रिचार्जमा बोनस डेटा
यस अफरअन्तर्गत ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्छन् । बोनस डेटा एक दिनको लागि मान्य रहनेछ ।

यस्तै, १०० देखि १९९ रुपैयाँसम्म, २०० देखि २९९ रुपैयाँसम्म र ३०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमशः १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Global Ime bank

५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा र एक हजार वा सोभन्दा बडीको रिचार्जमा ग्राहकले १,००० एमबी डेटा बोनसस्वरुप प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

३० दिने डेटा प्याकमा डबल डेटा
कम्पनीले वैशाख २१ गते मंगलबारबाट ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनसस्वरुप दिन लागेको छ । ग्राहकले करसहित २४९ रुपैयाँमा साढे ३ जीबी डेटा लिँदा त्यति नै डेटा भोल्युम बोनस अर्थात् ७ जीबी डेटा पाउनेछन् ।

यस्तै, करसहित ३९९ रुपैयाँमा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी र ४९९ रुपयैयाँमा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउने कम्पनीले जनाएको छ ।

वर्क फ्रम होम अफर
कार्यालयको कामकाज तथा पढाइ घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ ।

दैनिक डेटा प्याकमा ग्राहकले करसहित मात्र ३१ रुपैयाँमा २ जीबी एप डेटा प्राप्त गर्छन् । उक्त डेटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स, जुम तथा गुगल मिटजस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ । यसमा १५० एमबी अलटाइम डेटा पनि प्राप्त गर्नेछन् । त्यस्तै, साप्ताहिक प्याकअन्तर्गत ग्राहकले करसहित मात्र १२७ रुपैयाँमा १४ जीबी एप डेटा तथा ३ जिबी अलटाइम डेटा प्रयोग गर्न सक्छन् ।

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनस
कम्पनीले देशको विभिन्न जिल्लामा हाल लागु भइरहेको निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज काड पाउन असहज भएको भन्दै ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेल एप, च्याटबोट र वेबसाइटमार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सकने जनाएको छ ।

ग्राहकले डिजिटल प्लेटफर्ममार्फत सेवा खरिद गर्दा विभिन्न बोनस प्राप्त  गर्नेछन् । एक दिनको प्याक १८ रुपैयाँमा, सात दिनको प्याक ९८.९८ रुपैयाँमा,  १४ दिनको प्याक १३९ रुपैयाँमा खरिद गर्दा १५० एमबी्देखि २ जीबीसम्म बोनस डेटा पाउनेछन् । त्यस्तै, ट्रिपल मजा प्याकअन्तर्गत सात दिनको प्याक १०९ रुपैयाँ, १० दिनको प्याक १४७ रुपैयाँमा र ३० दिनको प्याक ४५९ रुपैयाँमा खरिद गर्दा ५०० एमबीदेखि ७५० एमबीसम्म बोनस पाइनेछ । बोनस पाइनेछ ।

एनसेल सापटीमा विभिन्न सुविधा 
कम्पनीले निषेधाज्ञालाई मध्यनजर गर्दै सापटी सेवामा थप सुविधाहरु दिएको छ । ग्राहकले अब सापटी सेवाअन्तर्गत पुरानै सेवा शुल्कमा ८० रुपैयाँसम्म सापटी लिन सक्नेछन् । यस्तै, १२०० एमबी डेटा पनि सापटीअन्तर्गत लिन सक्छन् र यस सुविधाका लागि ग्राहकले डेटा शुल्क, सेवा शुल्क र करसहित ८२.५५ पछि रिचार्ज गर्नुपर्ने हुन्छ ।

सापटी सेवामै ग्राहकले एक दिनको समयसीमा रहेको १५ मिनेटको टकटाइम कुल १२.५५ रुपैयाँमा र २०० एमबी डेटा २२.५५ रुपैयाँ लिन सक्छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC