site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फुटको संघारमा जसपा : आ–आफ्नो बाटो लाग्दैछन् महन्थ र उपेन्द्र 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कोरोना संकटका कारण लकडाउन गरेकै बखत राजनीतिक दलसम्बन्धीसहितका दुई अध्यादेश जारी गरेपछि नेपालको राजनीतिमा ठूलै हलचल पैदा भयो ।

एकातिर संविधानलाई नै चुनौती दिने संवैधानिक परिषद सम्बन्धी अध्यादेशले विपक्षीलाई आक्रोशित बनायो भने अर्कोतर्फ प्रधानमन्त्री ओलीले नै नेतृत्व गरेको दलमा विश्वासको संकट देखियो ।

त्यसबाहेक मधेस केन्द्रित राजनीतिमा रहेका दुई दल राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीमा भने त्यसले भुइँचालो नै ल्याइदियो । जसपाका उपेन्द्र यादवनिकट भएर लाभ लिएकै रेणु यादव, प्रदिप यादव, इस्तियाक राईसहितका सांसद ओलीसँग आउन तयार रहेको भन्दै काठमाडौंमा आएको र राजपाका सांसदसमेत पूर्वआइजीपीकै नेतृत्वमा अपहरण गरी मेरियट होटलमा ल्याइएपछि राजनीतिले नयाँ मोड लियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मधेसमै रहेका उपेन्द्रयादसहितका नेताहरु रातारात काठमाडौं आइपुगे । आठ गते अध्यादेश जारी र त्यसपछिका घटनाबाट सशंकित भएका दुइ पार्टी राजपा र सपाका नेताहरु १० गते रातारात काठमाडौं आइपुगे । 

मध्यरातमा नेताहरुको व्यवस्थापन मात्र मिलाएर ११ गते निर्वाचन आयोगमा दुइपार्टीको एकतासहित जनता समाजवादी पार्टी (जसपा) दर्ताको निवेदन हालियो । 

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फूटाइदिन लागेको त्रासमा भएको पार्टीमा ठिक एक वर्षपछि अहिले भने फटको गृहकार्य भइरहेको छ । 

पार्टी अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव तथा उनीहरुका पक्षबीच एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था निर्माण भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि देखि नै आन्तरिक रुपमा चलिरहेको शक्ति संघर्ष त्यसयता सतहमा आएको थियो । 

महन्थ ठाकुर र उनको पक्ष ओलीले घोषणा गरेका निर्वाचनमार्फत नै निकास निस्कन्छ भन्ने पक्षमा र उपेन्द्र यादवसहित उनको पक्ष व्यवस्था जोगाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने पक्षमा उभिएपछि सतहमा आएको शक्ति संघर्ष त्यसपछिका घटनाक्रममा एकपछि अर्को गर्दै उत्कर्षमा पुगेको छ ।

यही संघर्ष जारी रहँदा लुम्बिनी प्रदेशमा जसपाका चार सांसद ओली निकटका शंकर पोखरेलको सरकारमा सहभागी भएपछि जसपामा वारपारको लडाइँ सुरु भएको छ । 

उपेन्द्र–बाबुराम समूहले लुम्बिनी प्रदेशका चार सांसदलाई कारवाही गरेपछि उनीहको पद गइसकेको छ । 

यद्यपी, उनीहरु सर्वोच्चबाट आफ्नो पद पुनःस्थापित गर्ने पक्षमा छन् । त्यही कारबाही जसपा फुटको कारण बन्ने जोखिम बढेको छ । 

“उपेन्द्र–बाबुरामले लुम्बिनी प्रदेशको घटना देखाएर हस्ताक्षर संकलन गरी पार्टीमा बहुमत देखाउने साधन त्यसलाई नै बनाइरहेका छन्,” महन्थ निकटका एक नेताले भने, “उपेन्द्र र देशको प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराईले कार्यकारिणी बैठक बसेको भन्दै घरघरमा पुगेर हस्ताक्षर गराएर किर्ते काम गरेका छन् ।” 

उनले बहुमतबाट संसदीय दलबाट निर्णय गरी सरकारमा सहभागी हुँदा संघीयताको अभ्यास गर्न नदिने र निर्वाचित जनप्रतिनिधिको पद र राजनीति समाप्त पार्ने काम उनीहरुले गरेको बताए । 

संघीय सांसद प्रमोद साह त उपेन्द्रले निर्वाचित सांसदको पद र राजनीति समाप्त पार्ने प्रयास गरेर आफैँ नयाँ दल खोल्ने अवस्थामा पुग्न लागेको दावी गरे । 

“उहाँ अरुको पद समाप्त पार्न लाग्नुभयो, अब उहाँको अवस्था पनि त्यस्तै आउन सक्छ,” साहले भने, “उहाँ अब जसपा पार्टीमा नरहने अवस्था उहाँकै कारण बन्न सक्छ ।”

जसपाका एक नेताका अनुसार पार्टीभित्रको अवस्था हेर्दा जसपा फुटिसकेको खाली घोषणा मात्र हुन बाँकी रहेको अवस्था छ । 
“मलाई दुवै पक्षले हस्ताक्षर गर्न आइज भनिरहेका थिए, अहिले पनि देखिहाल्नुभएको छ– मलाई तारन्तार फोन आइरहेको छ,” ती नेताले भने, “मैले म एकताका पक्षमा भएकाले दुवैतिर आउँदिन भनेर टार्ने प्रयास गरिरहेको छु । तर, म जस्ताका प्रयासले जसपा जोगिएन ।” 

उनले लुम्बिनी प्रदेशका विषयमा उपेन्द्र–बाबुरामले एकलौटी निर्णय गरेपछि जसपा फुटको शृङ्खलामा प्रवेश गरेको बताए । 

“जसपा कार्यकारिणी बैठक बसेकै छैन, म स्वयम् कार्यकारिणी सदस्य हो, बैठकको सूचनासम्म पनि मैले पाएको छैन,” ती नेताले भने, “प्रधानमन्त्री भइसकेका बाबुराम र उपप्रधानमन्त्री र पार्टीको अध्यक्ष भएका उपेन्द्र यादव घरघरमा डुलेर हस्ताक्षर संकलन गरेर पार्टी कार्यकारिणी बैठक बस्यो भनेर किर्ते गर्ने काम भएको र  त्यही घटना पार्टी फुटको कारण बन्दैछ ।”

एक अर्कामा आरोप प्रत्यारोप 

ठाकुर पक्षले यादव पक्षमाथि संघीयताको अभ्यास स्वीकार नगरेको, निर्वाचित प्रतिनिधिको अधिकारमा हस्तक्षेप गरी उनीहरुको पद समाप्त पार्ने काम गरेको, मधेसका मुद्दा सम्बोधन हुनै लाग्दा त्यसमा भाँजो हाल्ने काम गरेको, मधेस र थरुहट आन्दोलनमा झुठा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता लिने काम भइरहँदा त्यसको विरोधबाट असहयोग गरेको, संविधान संशोधनमार्फत मधेसका मुद्दा सम्बोधन गर्ने काममा बाधक बनेको आरोप लगाएको छ ।

उपेन्द्र बाबुराम पक्षले भने पार्टीमा बेलगामहरुलाई ठेगान लगाउने काम भइसकेको भन्दै अब पार्टी नफूट्ने दाबी गरिरहेको छ । 

उसले लुम्बिनीमा बेलगाम बनेर मन्त्री खान गएकाहरुलाई ठेगान लगाइसकिएको भन्दै संघमा पनि बेलगाम कोही हुन्छ भने उसलाई ठेगान लगाउने चेतावनी दिएको छ ।

उपेन्द्र यादवसँग निकट रहेका नेता इस्तियाक राई तत्काल पार्टी फुट्ने अवस्था नरहेको बताउँछन् । 

“केही बेलगाम घोडाहरु थिए तिनलाई ठेगान लगाउने काम भइसकेको छ,” राइले बाह्रखरीसँग भने, “अब पार्टी तत्काल फुट्ने अवस्था छैन ।”

त्यसो भए हस्ताक्षर अभियानका शृङ्खला किन चलिरहेका छन् त भन्ने प्रश्नमा राइले भने, “उपेन्द्रजीले लुम्बिनीका बेलगाम घोडालाई ठेगाउन लगाउन हस्ताक्षेर गराउनुभएको थियो, त्यो कार्यकारिणी बैठकको निर्णय थियो । अहिले महन्थजीले हस्ताक्षर गराउँदै हुनुहुन्छ । के का लागि हो उहाँलाई नै सोध्नुहोस् ।”   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC