site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
टुट्नै लागेको हो सत्ता गठबन्धन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार फागुन १० भित्र वर्तमान सत्ता गठबन्धन तोडिएर नयाँ समाचार आउने दाबी गरे । उनी कांग्रेसभित्र चुनावी गठबन्धनको विपक्षमा मत राख्ने नेतामध्येका एक थिए । तर, अहिले उनी सत्ता गठबन्धन केही दिनमै टुट्ने, कांग्रेससहितको सरकार बन्ने र राष्ट्रपतिमा पनि कांग्रेसकै उमेदवार निर्वाचित हुने बताइरहेका छन् ।

“पुस १० मा बनेको गठबन्धनबारे फागुन १० मा नयाँ समाचार सुन्न पाउनुहुनेछ,” थापाले रूपन्देहीको कोटिहवामा सोमबार आयोजित कार्यकर्ता भेलामा भनेका थिए, “नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बन्नेछ । राष्ट्रपतिमा पनि हामीले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुनेछ ।”

थापाको अभिव्यक्तिको चर्चा सेलाउन नपाउँदै मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि उस्तै अभिव्यक्ति दिए । ओलीले सिधै गठबन्धन टुट्छ त भनेका छैनन् । तर, गठबन्धनको भरोसा नभएको आशय भने दिएका छन् । मंगलबार अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्न प्रज्ञा भवन पुगेका ओलीले गठबन्धन भत्किएर एमालेसहितको सरकार बन्दा कार्यकर्तामा प्रशन्नता देखिएको भन्दै गठबन्धन टुट्यो भने पनि तयार रहन सन्देश दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“पाँच दलीय गठबन्धन तोडिएपछि अहिले हाम्रो अर्को गठबन्धन बनेको छ । यसबाट हाम्रा साथीहरूमा प्रशन्नता देखिएको छ,” ओलीले भने, “कथंकदाचित गठबन्धन टुट्यो भने...।”

उनले कार्यकर्तामा प्रशन्नता देखिनु स्वाभाविक भएपनि आफूसँग बहुम भन्दा धेरै कम मत रहेकाले आउनसक्ने परिस्थितिका लागि तयार हुनुपर्ने बताए थिए । ओलीले एमालेमाथि आक्रमण जारी रहेको भन्दै प्रजापरिषद् समाप्त हुँदा पनि विचार नसकिएको भन्दै एमाले पनि सत्तामा हुँदा वा आक्रमणमा पर्दा पनि सधै आफ्नो विचारमा अडिग रहनुपर्ने बताए । 

Global Ime bank

“लुटेराले बैंक लुट्नुपर्‍यो भने सबैभन्दा पहिले कसलाई आक्रमण गर्छ, पालेलाई आक्रमण गर्छ होइन ?,” ओलीले भने, “एमाले यो देशको पाले हो । त्यसैले एमालेलाई जुनसुकै बेलामा पनि आक्रमण हुनसक्छ ।”

 

उनले हिजो पनि कम्युनिस्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्‍याएका बेला भित्रैबाट र बाहिरबाट आक्रमण भएको भन्दै फेरि एमालेमाथि आक्रमण हुन सक्ने भएकाले  युवा विद्यार्थी तयार भएर बस्नुपर्ने बताए ।

ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको गठबन्धन पुस १० मा तोडिएर वर्तमान सत्ता गठबन्धन निर्माण भएको थियो ।

वर्तमान गठबन्धन बनेपछि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट प्रतिपक्षमा पुगेको हो । पुस १० मा निर्माण भएको वर्तमान सत्ता गठबन्धनले सभामुख, उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष र सबै प्रदेशहरूमा सकार बनाएको थियो ।

तर, नागरिक उन्मुक्ति पार्टीले उधारो आश्वासनमा विश्वासको मत नदिने अडान लिएपछि सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलको छ । सबैभन्दा ठूलो पार्टीको हैसियतमा कांग्रेसले सरकार बनाएको छ । कांग्रेस नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमको सरकारलाई एमालेलाई धक्का दिने सुरुवातका रूपमा अर्थ्याएका छन् ।

“सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली कांग्रेस, अर्को (एकीकृत समाजवादी) छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ ?,” प्रश्न गर्दै नेपालले भनेका छन्, “ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो सुरुवात हो ।”

प्रमुख प्रतिपक्षी दलका महामन्त्री थापाले गठबन्धनको आयु तोक्नु र सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरिरहेको ओलीले नै कार्यकर्तालाई दिएको सन्देश हेर्दा गठबन्धन धरापमा पर्न लागेको संकेत विश्लेषकहरूले गरेका छन् ।

विश्लेषकहरू पनि वर्तमान गठबन्धनमा विश्वास नै कायम हुन नसकेकाले कुनै पनि बेला टुट्न सक्ने बताउँछन् ।

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल ओली र प्रचण्डमा विश्वासको वातावरण बन्न नसक्नुले गठबन्धनको आयु लामो नहुने बताउँछन् । 

“पहिलो त ओलीले संसद्का पहिलो बैठकमै आफूले गरेको संसद् विघटन ठिक थियो भनेर त्यसविरुद्ध उभिएका प्रचण्डलाई भारी बोकाउने प्रयास गरे । दोस्रो दुई वर्षमा प्रधानमन्त्री छोडेपछि आफूँग केही पनि बाँकी नरहने त्रासमा देखिन्छन्,” डा. दाहालले बाह्रखरीसँग भने, “त्यसबाहेक पहिलो राष्ट्रपति रामवरण यादवले सेनापति प्रकरणमा असफल तुल्याएर पश्चाताप गरिरहेका प्रचण्डले वर्तमान राष्ट्रपतिको भूमिकाले पनि गैरराजनीतिक व्यक्तिको खोजी गरिरहेका छन् । त्यसैले उनी आफ्नो प्रस्तावकै व्यक्ति राष्ट्रपति बनाउने गरी कांग्रेससँगको गठबन्धनमा जाने मुडमा देखिन्छन् ।”

कांग्रेसको नेतृत्वले पनि ठूलो पार्टी भएर पनि रित्तो हात प्रतिपक्षमा बस्दा आफ्नो औचित्य स्थापित नहुने भएकाले प्रचण्डलाई मनाएर भएपनि पार्टीमा आफ्नो भूमिका राख्न चाहेको उनी बताउँछन् । 

“कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । यही बेला प्रतिपक्षमा बसेर केही पनि नपाउने अवस्था बन्दा कांग्रेस नेतृत्वले आफ्नो औचित्य स्थापित गर्न सक्दैन,” दाहालले भने, “त्यसैले ऊ प्रचण्डलाई सहज हुने अवस्थता निर्माण गरेर पाँच वर्षसम्म पार्टीभित्र प्रभाव कायम राख्न चाहन्छ ।”

दुवै नेताका स्वार्थले गठबन्धन निर्माणमा सहज हुने उनको बुझाइ छ । दाहाल भूराजनीतिक र आर्थिक कारणले पनि नेपाल एसियाको सानो तर महत्त्वपूर्ण स्थान बन्ने भएकाले आन्तरिकबाहेकका चासोले पनि अबका दिनमा काम गर्ने बताउँछन् । 

कांग्रेस र एमालेले आफूलाई स्थायी प्रतिस्पर्धी मान्छन् । उनीहरूबीचको प्रतिस्पर्धामा एक दशकदेखि निर्णायक भूमिका भने नेकपा (माअ‍ोवादी केन्द्र)ले निर्वाह गर्दै त्यसको फाइदा पनि लिइरहेको छ । माओवादी केन्द्रले आफैँ सरकारको नेतृत्व लिन फरक बाटो रोजेपछि पुस १० मा पुरानो सत्ता गठबन्धन तोडिएको थियो । अहिले पनि उही माओवादी केन्द्रले पुरानो गठबन्धनमा फर्किए मात्र कांग्रेस महामन्त्री थापाले गरेको घोषणा जस्तो कांग्रेस सत्ताको केन्द्रमा पुग्छ ।

अघिल्लो निर्वाचनमा ६३ सिट जितेको कांग्रेस तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको द्वन्द्वको जगमा सत्ताको केन्द्रमा पुगेका थियो ।

अहिलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । 

१८ महिना सरकारको नेतृत्व गर्दै तीन तहको निर्वाचन गराएका देउवा प्रधानमन्त्रीमा आफैँलाई निरन्तरता दिने प्रयासमा लागेपछि सत्ता गठबन्धन तोडिएको थियो ।

देउवाले प्रधानमन्त्री दिने लक्षण नदेखेपछि प्रचण्ड तिक्त सम्बन्ध राखेका ओलीको शरणमा पुगेर प्रधानमन्त्री भएका थिए । तर, उनले विश्वासको मत लिने क्रममा नै ओलीले विगतमा आफूले गरेको संसद् विघटन ठिक थियो भन्दै आफ्ना कदमको साक्षी बनाउने प्रयास गरेपछि प्रचण्ड झस्किएका थिए । 

ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि त्यसलाई प्रतिगमनको नाम दिएर आन्दोलन गरेका प्रचण्ड संसद् विघटन ठिक थियो भन्ने पक्षमा देखिएका थिएनन् ।

तर, देउवाले प्रधानमन्त्री नबनाउने देखेपछि उनी गठबन्धन तोडेर ओलीसँग गठबन्धन गर्दै प्रधानमन्त्री बने । कांग्रेसले भने गठबन्धन टुट्नुमा प्रचण्ड भन्दा आफ्नै गल्ती भएको भन्दै 'विश्वासको मत दिएर गल्ती सच्याएको' थियो । त्यसयता कांग्रेस र माओवादीबीच औपचारिक र अनौपचारिक तहमा वार्ता जारी छन् । 

माअ‍ोवादी केन्द्रका नेताहरू भने वर्तमान सत्ता गठबन्धनको आयु एमालेमै निर्भर रहने बताउँछन् । उनीहरू गठबन्धनमा बसेर अविश्वास गरेमा गठबन्धन टुट्ने भन्दै राष्ट्रिय सहमतिका पक्षमा काम गरे वर्तमान सत्ता गठबन्धन काम रहेका र कायम रहने बताउँछन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ माअ‍ोवादी केन्द्रले राष्ट्रिय सहमतिमा जोड दिइरहेको भन्दै गठबन्धन टुट्छ भन्ने प्रतिपक्षी पार्टीका नेता थापा वा गठबन्धनका नेता ओलीको भनाइको जवाफ उनीहरूले नै दिनुपर्ने बताउँछन् । 

“हामी त गठबन्धनमा छौँ । गठबन्धन निरन्तर छ । ओलीजी गठबन्धन टुट्न सक्छ भन्नुहुन्छ भने त्यसको जवाफ उहाँले नै दिने हो,” ओलीको भनाइबारे प्रश्न गर्दा महासचिव गुरुङले बाह्रखरीसँग भने, “उहाँहरू गठबन्धन जोगाउन, अझ राष्ट्रिय सहमति निर्माण गर्न भूमिका खेल्नुहुन्छ कि हामी फरक हौँ भनेर अलग बस्न चाहनुहुन्छ, त्यो उहाँहरूको कुरा भयो ।”

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC