site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बट्लरको कीर्तिमानी शतकमा हैदराबादलाई राजस्थानकाे बलियो लक्ष्य 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जोस बट्लरले टी–ट्वान्टी क्रिकेट करियर मै पहिलो शतक प्रहार गर्दा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २२१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । 

नयाँ दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनायो । राजस्थानका लागि जोस बट्लरले १२४ रनको शतकीय पारी खेले । बल खेलेका उनले ११ चौका र ८ छक्का प्रहार गरे । 

Agni Group
NIC Asia

बट्लरको टी–ट्वान्टी क्रिकेट करियरकै यो पहिलो शतक हो । उनले हालसम्म टी–ट्वान्टी करियरमा शतक प्रहार गरेका थिएनन् ।

राजस्थानका लागि कप्तान सन्जु श्यामसनले ४८ रनको योगदान गरे । त्यस्तै रियन परागले १५ रन बनाउँदा योजसी जैसवालले १२ रन जोडे ।

Global Ime bank

बलिङतर्फ हैदरावादका लागि राशिद खान, सन्दीप शर्मा र विजय शंकरले समान एक–एक विकेट लिए । 

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । लिगमा ६ खेल खेलेको हैदराबाद २ अंकसहित पुछारमा छ । हैदराबाद यो सिजन कमजोर देखिएको छ । 

हैदराबाद आज केन विलियम्सनको कप्तानीमा खेलिरहेको छ । हैदराबादले डेभिड वार्नरलाई कप्तानबाट हटाएर विलियम्सनलाई नियुक्त गरेको हो । राजस्थान पनि प्रतियोगितामा आफूलाई बलियो बनाउन जित निकाल्ने योजनामा छ । राजस्थानले ६ खेलबाट ४ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय