site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली चलचित्रमा आधा दर्जन पुस्ता, उपलब्धि के ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्रको इतिहास ‘सत्य हरिश्चन्द्र’लाई मान्ने हो भने २००७ सालमा निर्माण भएको थियो । भलै, यो हिन्दी चलचित्रको नेपाली रूपान्तरण भएकाले नेपाली भूमिमा बनेको ‘आमा’लाई नै नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र मान्नुपर्ने धेरैको धारणा छ ।

‘सत्य हरिश्चन्द्र’लाई पहिलो चलचित्र मान्ने हो नेपाली चलचित्रको इतिहास ७१ वर्ष लामो भयो । ‘आमा’लाई पहिलो चलचित्र मान्ने हो भने ५७ वर्ष लामो इतिहास नेपाली चलचित्रले बोकेको छ ।

दुईमध्ये जुनसुकै चलचित्रलाई पहिलो मान्ने हो भने पनि नेपाली चलचित्रले आधा शताब्दीभन्दा लामो यात्रा तय गरिसकेको छ । यो यात्रामा थुप्रै पुस्ताले आफूलाई नेपाली चलचित्र उद्योगमा उभ्याइसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘सत्य हरिश्चन्द्र’ हिन्दी चलचित्रको नेपाली भाषामा रूपान्तरण मात्रै थियो । यसमा न नेपाली कलाकार थिए न नेपाली निर्देशकले नै निर्देशन गरेका थिए । त्यसैले पनि यो चलचित्रलाई नेपाली चलचित्रको इतिहास नमान्नेहरुको ठूलो जमात छ ।

यसपछि ‘आमा’ निर्माण भयो । यसलाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए । उनी नेपाली मूलका भारतीय थिए । यो चलचित्रमा नेपालीसँगै भारतीय कलाकार पनि थिए । निर्देशक भारतका, केही कलाकार पनि भारतका भएकाले यसमा भारतको झल्को आउनु अस्वाभाविक थिएन ।

Global Ime bank

नेपालमा पहिलो पुस्ताका निर्देशकका रुपमा प्रकाश थापा, शम्भु प्रधान, प्रताप सुब्बा, तुलसी घिमिरेलगायत भित्रिए । पहिलो पुस्ताका निर्देशक अधिकांश नेपाली मूलका भारतीय थिए । उनीहरुको ऐतिहासिक सम्बन्ध मात्रै नेपाल र नेपालीसँग थियो । त्यसैले उनीहरु मुम्बई र बंगाली चलचित्रबाट प्रशिक्षित थिए ।

निर्देशक मनोज पण्डित तुलसी घिमिरे बंगाली मेलो ड्रामाबाट प्रभावित भएकाले उनका चलचित्रमा केही गाउँले परिवेश, गाउँको समस्या देखिने गरेको बताउँछन् । यो पुस्ता करिब ५० को दशकसम्म सक्रिय रह्यो । बलिउडमा प्रशिक्षित भएकाले यो पुस्ताले बनाएका चलचित्रमा बलिउड फिल्मको झल्को आइरह्यो । बलिउड सूत्रमा रहेर चलचित्र निर्माण भइरह्यो ।

यही समय भारतसँग नेपालले एमओयू गरेर केही नेपालीलाई चलचित्र पढ्न भारत पठायो । भारतको एफटीटीआईमा पढेर आएका निर्देशकहरुले चलचित्र निर्माण गरे । तुलनात्मक रुपमा नेपाली मूलका भारतीयहरुले बनाएका चलचित्रभन्दा यी निर्देशकले बनाएका फिल्ममा देशप्रतिको उत्तरदायित्त्व देखिए पनि भारतीय चलचित्रको प्रभाव भने ररिरह्यो ।

निर्देशक पण्डित सरकारले चलचित्र अध्ययनका लागि भारत पठाउनु नेपाली चलचित्रमा बलिउड फर्मुला कायम रहिरहनुको मुख्य कारण भएको बताउँछन् । लक्ष्मीनाथ शर्मा, प्रेम बस्नेतहरुको पुस्ता हो यो । भारतमा फिल्म प्राविधिक पढेर आउनेको संख्या पनि रहेकाले बलिउड फिल्मको प्रभाव नेपालमा रहिरह्यो ।

५० कै दशक अगाडि नेपाली साहित्यमा आधारित रहेर चलचित्र निर्माण गर्ने निर्देशक पनि देखिए । तीमध्येका हुन्, यादव खरेल, चेतन कार्की आदि । उनीहरुका चलचित्रमा साहित्यले समेटेका परिवेशहरु त आए । तर, यी चलचित्रले पनि नेपाली मौलिक पन नै भने दिन नसकेको निर्देशक पण्डितको भनाइ छ ।

५० को दशकमा असिस्टेन्ट पुस्ता निर्देशकमा रूपान्तरण भयो । ५० को दशक अगाडिका निर्देशकको सहायक भएर काम गरेको पुस्ताले चलचित्र निर्माण सुरु गर्‍यो । नारायण पुरी, दयाराम दाहाल, दीपक श्रेष्ठ, उज्ज्वल घिमिरेलगायत यो पुस्तामा पर्छन् ।

५० को दशकलाई नेपाली चलचित्रको ‘कालो दशक’ भन्छन्, निर्देशक मनोज पण्डित । यो कालखण्डमा भारतीय चलचित्रको हुबहु चलचित्र निर्माण भएको उनको भनाइ छ । “भारतमा पढेर आएको पुस्ताले पढेर, काम गरेर आएको थियो । तर, ती निर्देशकको सहायक भएर आएको पुस्ता, जसले निर्देशकलाई सहयोग गरेको थियो, त्यो पुस्ताले सुटिङ देखेकै भरमा निर्देशन गर्न सुरु गर्‍यो,” निर्देशक मनोज भन्छन्, “यो समयमा झन् कमजोर चलचित्र बने । ५० को दशक अगाडि प्रोडक्सन मेनेजरको काम गरेकाहरुले चलचित्र असिस्टेन्ट डिरेक्टरलाई प्रोड्युस गर्न थाले ।”

यो दशकलाई उनी नायक/नायिका विवादमा तानिएको समयका रुपमा पनि लिन्छन् । प्राविधिक हिसाबले पनि यो दशकमा कमजोर चलचित्र बनेको उनको समीक्षा छ ।

५० को दशकको मध्यतिरबाटै नेपालमा वैकल्पिक धारको सुरुआत भइसकेको थियो । छिरिङ रितार शेर्पा, नवीन सुब्बा, मनोज पण्डितहरुले तत्कालीन समयमा यथार्थमा नेपाली पन झल्कने चलचित्र बनिरहेका छैनन् भनेर मौलिक चलचित्रको आवश्यकता महसुस गर्दै यसमा सक्रियता देखाए । छिरिङले ‘मुकुण्डो’, नवीनले ‘नुमाफुङ’ बनाए । मनोजले दासढुंगा निर्माण गरे ।

यही समय ‘उजेली’ र ‘चमेली’ निर्माण भए । यी चलचित्र तथा टेलिचलचित्रले नेपालमा वैकल्पिक चलचित्रको धार प्रारम्भ गरे । नेपाली मौलिक कथा आफ्नै शैलीमा भन्न सुरु गरे । यही समय दीपक रौनियारले पनि यो धारका चलचित्रलाई सहयोग गरेको मनोज बताउँछन् । यो वैकल्पिक धारका निर्देशक ०६४/६५ सम्म सक्रिय रहे । फन्डिङको अभावमा यो पुस्ताले निरन्तर चलचित्र भने बनाउन सकेन ।

यसपछि भने डिजिटल पुस्ता सुरु भयो । भूषण दाहालले चलचित्र ‘कागबेनी’ निर्माण गरेपछि डिजिटल पुस्ता सुरु भयो । आलोक नेम्वाङ, सिमोस सुनुवारलगायत म्युजिक भिडियो निर्देशकहरु चलचित्र निर्देशनमा आए । यसले चलचित्रको बजार केही फराकिलो बनाउन सहयोग गर्‍यो ।

डिजिटल पुस्तापछि नेपाली चलचित्र उद्योग डीबीडी पुस्तामा प्रवेश गर्‍यो । डीबीडीमा विश्वभरका चलचित्र हेरेर अन्तर्राष्ट्रिय चलचित्रको ज्ञान लिएर चलचित्र बनाउने पुस्ता यसमा पर्छ । निश्चल बस्नेत, दीपेन्द्र के खनाल, पिताम्बर पाण्डे आदि यो पुस्ताका निर्देशक हुन् । निश्चल बस्नेतले ‘लुट’ बनाएर नेपाली चलचित्रको ट्रयाक चेन्ज गरिदिए । नयाँ ‘आइडिया’मा दीपेन्द्र के खनालले ‘चपली हाइट’ निर्देशन गरे ।

पछिल्लो पुस्ता हो, फिल्म कलेज पढेर आएको नयाँ पुस्ता । मीन भाम, नरेशकुमार केसी, विनोद पौडेल, सुजित बिडारी आदि यो पुस्ताका निर्देशक हुन् । मीनले ‘कालो पोथी, नरेशले ‘डाइङ क्यान्डल’, विनोद पौडेलले ‘बुलबुल’, सुजितले ‘ऐना झ्यालको पुतली’ निर्देशन गरे । यी चलचित्रले इन्टरनेसनल फिल्म फेष्टिभलको यात्रा पनि तय गरे ।

नवीन, छिरिङ र दीपकका चलचित्र पनि इटरनेसनल फिल्म फेष्टिभलमा गएका थिए । तर, उनीहरुका चलचित्रले पनि नेपाली दर्शकको ‘टेस्ट’मा परिवर्तन ल्याउन सकेनन् । समीक्षा राम्रो पाउने तर दर्शक नपाउने समस्या रह्यो । यो समस्या आजको पुस्ताले पनि भोगिरहेकै छ ।

नेपाली चलचित्रको इतिहासमा आधा दर्जन पुस्ताले काम गरिसके पनि उल्लेख्य उपलब्धि हासिल हुनसकेको छैन । बम्बइया सूत्रबाट चलचित्र मुक्त हुन नसक्नु र कथा भन्ने आफ्नै शैली आफ्नै विकास नगर्नु नै नेपाली चलचित्रले फड्को मार्न नसक्नुको कारण रहेको कलाकार दीपकराज गिरी बताउँछन् । जबसम्म कुनै पनि चलचित्र उद्योगको आफ्नै शैली विकास हुँदैन त्यतिञ्जेलसम्म छुट्टै पहिचान नहुने र विस्तार पनि नहुने दीपकको निष्कर्ष छ ।

नेपालमा ठूलो संख्यामा चलचित्र बनिरहे पनि फिल्म कच्लरको विकास हुनसकेको छैन । कुनै पनि पुस्ताले बनाएका चलचित्रले मास अडियन्स अपिल गर्न सकेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC