site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जानीजानी २२ जनालाई कोरोना संक्रमित गराएको भन्दै पक्राउ
Sarbottam CementSarbottam Cement

बीबीसी । स्पेनमा एक व्यक्तिलाई जानीजानी २२ जनालाई कोरोना संक्रमित गराएको अभियोगमा पक्राउ गरिएको छ । ४० वर्षीय ती व्यक्तिलाई लगातार खोकी लाग्दा अनि १०४ डीग्री ज्वरो आइरहँदा पनि उनी काममा अनि जिम गइरहेका थिए । मेजोर्कास्थित आफू बस्ने टोलमा उनले मास्क तल झार्दै हिँड्ने गरेको र आफूसँग काम गर्ने सहकर्मीहरुलाई संक्रमित गराइदिन्छु भन्दै धम्क्याउने गरेको समेत बताइएको छ ।

यसरी उनको अफिसका पाँचजना र जिमका तीनजना कोरोना पोजेटिभ भएका हुन् । यसबहेक उनले आफ्ना परिवारका सदस्य सहित थप १४ जनालाई पनि कोरोना संक्रमित गराएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्पेनिस प्रहरीले बताए अनुसार स्पष्ट लक्षण देखिरहँदा समेत ती व्यक्तिले काममा आउन छाडेनन् र खुलस्त रुपमा बाहिर हिँड्ने गरेका थिए ।

पछि उनले पीसीआर टेस्ट गराए तर नतिजा नआउँदै जिममा अनि काममा गइरहेका थिए ।

Global Ime bank

सहकर्मीहरुले घर जान अनुरोध गर्दा उल्टै मास्क फुकालेर खोक्दै, “म तिनीहरु सबैलाई कोरोना भाइरसले संक्रमित गराइदिन्छु ’ भनेर धम्क्याउने गरेको उनीसँगै काम गर्ने कर्मचारीले बताए । उनी वास्तवमै कोरोना पोजेटिभ भएपछि अफिसका सबै सचेत भएर बसेको बताइएको छ । प्रहरीले केही समय अगाडिदेखि नै यो घटनाबारे अनुसन्धान गरिरहेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC