site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्यालय किन बन्द नगर्ने ?
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाको दोस्रो लहरले सबैभन्दा बढी असर बालबालिकालाई गरिरहेको छ । संक्रमण दर उच्च देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई ‘रेड जोन’मा राखेको छ । 

जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न अपिल गरिसकेको छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने संक्रमित क्षेत्रमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग स्वीकृती लिएर मात्र बन्द गर्न अनुरोध गरेको छ । 

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट १९ वर्षसमुनिका ४६ जनाको मृत्युभइसकेको छ । पछिल्ला चार महिनाको अवधिमा १० वर्षमुनिका ६ हजार ६ सय १८ जनामा संक्रमण देखिएको छ । यस्तै, ११ देखि २० वर्षसम्मका १८ हजार ५ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उमेरअनुसार संक्रमित दर तल टेबलमा हेर्न सकिन्छ । 

Global Ime bank

बालबालिकामा संक्रमण दर दिनप्रतिदिन बढिरहेका बेला शिक्षा मन्त्रालय, शिक्षा विभाग, स्थानीय तह, नेपाल अभिभाभवक महासंघ र संस्थागत विद्यालय के हेरेर बसिरहेका छन् ? भन्ने प्रश्न उठ्न थालेको छ । 

शिक्षा मन्त्रालयले गत शुक्रबार ३ बुँदे प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय डिसिसिएमसीको समन्वयमा हुनुपर्ने बतायो । जब कि गत वर्षको २० असोजमा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ मा स्थानीय सरकार र विद्यालयको भूमिकालाई आत्मसात् गरिएको थियो । विद्यालय बन्द गर्नेबारे मन्त्रालयमा बुुझ्न खोज्दा मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ लाई पालना गरिने बताएका थिए । 

यस निर्णयले स्वास्थ्य मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, सहर वा स्थान विशेषको हकमा डिसिसिएमसीको समन्वयमा विद्यालय बन्द गर्ने वा खोल्ने कार्य हुनेछ ।

यसअघि कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई अति जोखिम क्षेत्र भनेपछि शिक्षा मन्त्रालय विद्यालय खोल्ने वा बन्द गर्ने बारे धारणा सार्वजनिक गर्न बाध्य भएको थियो ।

गत वर्ष १८ जेठमा मन्त्रालयले विभिन्न पाँच वर्गमा छुट्याएर वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो । तर अनलाइन माध्यममा देशभरी जम्मा २० देखि २२ प्रतिशत विद्यार्थीको मात्र पहुँच भएपछि वैकल्पिक रूपमा रहेको अनलाइन माध्यम नराम्ररी फेल भयो । ०७६ चैतमा बन्द भएको विद्यालय सञ्चालन अन्ततः असोजबाट बल्ल पुनः सञ्चालनमा आएको थियो ।

तर पछिल्ला दिनहरूमा बालबालिकामा संक्रमणको दर बढेपछि जनस्वास्थ्यविद्ले विद्यालय बन्द गर्न सुुझाव दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले पनि गत साता नै कम्तीमा ३ साताको लागि विद्यालय बन्द गर्न सुुझाव दिएको थियो । तर शिक्षा र स्वास्थ्य मन्त्रालयबीच समन्वय हुन नसक्दा त्यसको फाइदा भने निजी विद्यालयले उठाइरहेका छन् । 

संस्थागत विद्यालय संगठनहरू प्याब्सन र एन प्याब्सन स्वास्थ्य र शिक्षा मन्त्रालयले एकीकृत निर्णय गर्न नसक्दा द्धिविधा बढेको बताउँछन् । प्याब्सनका अध्यक्ष टीकाराम पुरी भन्छन्, “गत वर्ष जस्तो मुलुुकभर बन्द गर्न सक्दैनौं । सरकारले एकीकृत निर्णय गर्नुपर्छ । मन्त्रालयपिच्छे फरक धारणा आएपछि कसको कुरा मान्ने ? शिक्षा विषय भएकोले हामी शिक्षा मन्त्रालयको भनाइलाई मात्र आधिकारिक मान्छौँ ।” 

यसरी शिक्षा मन्त्रालयले विद्यालय सिधै बन्द गर्ने आँट नगर्दा मन्त्रालय संस्थागत विद्यालयको संगठनको चेपमा परेको सरोकारवालाको बुझाइ छ । नेपाल अभिभाभवक महासंघका अध्यक्ष शुुप्रभात भण्डारी स्वास्थ्य मन्त्रालयले रेड जोन मानेको प्रभावित क्षेत्रमा कम्तीमा कक्षा १ देखि ७ सम्म विद्यालय बन्द गर्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “यदि मन्त्रालय र स्थानीय पालिकाले अटेरी गर्छ भने हामी प्रभावित क्षेत्रका अभिभावकलाई आफ्ना बालबालिका विद्यालय नपठाउन अपिल गर्छौ ।”

शनिबार बसेको सिसिएमसीको बैठकले विद्यालय बन्द गर्नुुपर्ने प्रस्ताव अघि सारेको बुझिएको छ । यसबारे अब हुने मन्त्रिपरिषद्मा छलफल गरिने बताइएको छ । 

यसैबीच नेपालगञ्जको उपमहानगरपालिकामा ४७ संक्रमित भेटिएपछि विद्यालय बन्द गरेको छ । टोखा नगरपालिकाले १० वैशाखदेखि १५ सम्म विद्यालय बन्द गर्ने र १६ वैशाखदेखि स्वास्थय मापदण्ड पालना गरी परीक्षा लिने जनाइएको छ । तर सोचनीय कुरा के हो भने के विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिरहेको छ ? विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरे/नगरेको कसले अनुगमन गरेको छ ? भन्ने जस्ता प्रश्न नागरिकतहबाटै उठ्न थालेका छन् ।

मन्त्रालयमा गत सोमबार बसेको बैठकमा सरोकारवालाहरूले विद्यालयमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तो नगरेको खण्डमा त्यस्ता विद्यालयलाई तुरुन्त कानुनी कारबाही गर्नुपर्ने बताएका थिए । तर सरकार कारबाही गर्न नसक्ने र वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न नसक्ने भएपछि शैक्षिक स्थिति अन्यौलमा परेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC