site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक
तस्बिर : भीसीजी ।
Sarbottam CementSarbottam Cement

एजेन्सी । चिनियाँ स्वामित्वको एप टिकटक मार्च महिनामा सर्वाधिक डाउनलोड भएको छ । अमेरिकी कारबाहीका बाबजुद मार्च महिनामा टिकटक विश्वभर सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको हो ।

मार्चमा टिकटक र यसको चिनियाँ संस्करण ‘डौविन’ विश्वभर पाँच करोड ८० लाखपटक डाउनलोड भएको सेन्सर टावरले जनाएको छ । गुगल प्लेस्टोरमा भने फेसबुक र इन्स्टाग्रामपछि टिकटक तेस्रो स्थानमा रहेको छ । मार्चमा भएको कुल डाउनलोडमध्ये १० प्रतिशत डाउनलोड अमेरिकामा नै भएको जनाइएको छ । फेब्रुअरीमा यो संख्या ११ प्रतिशत थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष मात्र टिकटकले अमेरिकामा आफ्ना प्रयोगकर्ता १० करोड नाघेको जनाएको थियो । विज्ञहरुका अनुसार टिकटकले प्रविधिको सहयोगमा लक्षित उपभोक्ताको मागअनुसारका सामग्री दिएकाले राम्रो प्रदर्शन गर्न सकेको हो ।

अमेरिकी कारबाहीले पनि टिकटकको लोकप्रियता बढाउन भूमिका खेलेको समाचारमा जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC