site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काठमाडौंमा नगर प्रहरी जवान शून्य, महानगर भन्छ– दरबन्दी थप्ने योजना बनाएका छौँ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको तह बढुुवा गरेको डेढ महिना बितिसक्दा पनि नगर प्रहरी जवान नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छैन । महानगरले नगर प्रहरी जवानको बढुवासँगै नयाँ नियुक्त गर्नुपर्नेमा नियुक्त नगरी काम अघि बढाउँदा त्यसको भार नगर प्रहरीलाई परेको हो ।

गएको फागुन २ गते विशेष नगरसभाले महानगरका कर्मचारीको बढुवासँगै नगर प्रहरीको पनि एक तह बढुवा गर्दा अहिले प्रहरी जवानमा एकजना पनि जनशक्ति नभएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । उनका अनुसार उपल्लो तहमा काम गर्ने जनशक्ति भए पनि तल्लो तहमा काम गर्न जवानको संख्या शून्य छ ।

‘‘हाल नगर प्रहरीमा १८० जना कार्यरत छन् । एसपी पाँच, डीएसपी ६,  इन्स्पेक्टरका रूपमा ३३ जना कार्यरत छन्,” सापकोटाले भने, ‘‘सई ४२, असई ३३ जना रहेका छन् भने ६३ जना हवल्दारको पद सम्हालेर बसेका छन् । सबै प्रहरी जवान एक तह बढुवा भएर हवल्दार भएकाले अहिले जवान पदमा कोही छैन । जवान नियुक्त गर्ने टुंगो पनि छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

सापकोटाका अनुसार नगर प्रहरी जवानमा मात्रै करिब ३०० जनशक्ति आवश्यक छ । महानगरले पछिल्लोपटक २१९ जना नगर प्रहरी रहने गरी दरबन्दी स्वीकृत गरेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल स्थानीय तहमा संघीय सरकारका कर्मचारी हटेपछि उनीहरुको एक तह बढुवा गरी समायोजन गरिएको बताउँछन् ।

Global Ime bank

फागुन २ गतेको विशेष नगरसभा बैठकले महानगरका अन्य कर्मचारीसँगै नगर प्रहरीको पनि एक तह बढुवा गर्ने निर्णय गरेको थियो । ‘‘महानगरपालिकाभित्रका सबै कर्मचारीको एक तह बढुवा भएपछि नगर प्रहरीको पनि बढुवा नहुने कुरै भएन,” प्रवक्ता डंगोलले भने, ‘‘महानगरमा रहेका पुराना जवानको हवल्दारमा बढुवा भएपछि जवानमा कोही पनि नभएका हुन् ।”

महानगरले आफूखुसी बढुवा नगरी एउटै संस्थामा काम गर्ने सबै कर्मचारीको एकसाथ बढुवा भएको उनले बताए ।

हवल्दार र जवानको काम उस्तै 

‘‘महानगरपालिकाले मलाई एसपी पद दिएको छ,” नगर प्रहरी प्रमुख सापकोटाले भने, ‘‘मभन्दा माथि पनि छन् । तल पनि हाम्रो टोली छ । फिल्डमा खटिने मानिस भने हामीसँग छन् । हवल्दार र जवानको काम उस्तै उस्तै हो । मैले यही क्षेत्रमा लामो समय काम गर्दै आएको छु । नेपाली सेना, नेपाल प्रहरी सबैमा यस्तै हुन्छ ।”

नियुक्ति प्रक्रिया कहाँ पुग्यो ?

प्रवक्ता डंगोल महानगरमा प्रहरी जवान नियुक्त गर्न प्रक्रिया अघि बढेको बताउँछन् । ‘‘अब छिट्टै नगर प्रहरीको संख्या बढाउने योजनामा छौँ । नगर प्रहरीको दरबन्दी थप्ने योजना बनाएका छौँ । प्रहरी जवानमा चाहिने जनशक्ति थप्न महानगरले छिट्टै विज्ञापन निकाल्नेछ,” उनले भने ।

के हो नगर प्रहरीको काम ?

काठमाडौं महानगरपालिका नगर प्रहरी विनियमावली–२०७२ मा नगर प्रहरीको काम, कर्तव्यबारे उल्लेख छ । जसमा अनधिकृत व्यापार हटाउने, सार्वजनिकस्थलमा आवागमन अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री उठाउने, महानगरको फोहोर निर्धारित समय र स्थानमा राख्न लगाउने, सार्वजनिक सम्पत्तिको प्रयोग र उपभोगको निरीक्षण, सार्वजनिक पशुचौपया व्यवस्थापन र लिलाम, कसैले सार्वजनिक सम्पत्ति प्रयोग गरेको पाइएमा आदेशानुसार भत्काउने, फुटपाथ व्यवस्थापनलगायत काम उल्लेख गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC