अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार र सार्वजनिक बिदा भए पनि असाेज, पुस, चैत र असारमा २५ गतेपछि राजश्व संकलन गर्ने शाखा अथवा काउन्टर खोल्न बैंकहरूलाई निर्देशन दिएकाे छ । राजश्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै त्रैमासकाे अन्तिममा २५ गतेदेखि मसान्त सम्म बिदा वा शनिभार भए पनि राजश्व संकलन गर्ने शाखा खाेल्न निर्देशन दिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।
यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने पर्योजनकाे लागि सबै बैंक तथा वित्तीय संस्था , नेपाल क्लियरिङ हाउस पूर्ण रूपमा खुल्ला गरेर राजश्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएकाे छ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७ १८:३३
प्रतिक्रिया दिनुहोस्