site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनीको सूचीमा आइएमई रेमिट, चौंथोपटक सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरे ।

विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । बिहीबार कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा आइएमई रेमिटलाई सम्मान गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिएपनि कोभिड–१९ कारण कार्यक्रमहरू गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिक रूपमा हुन सकेको थिएन ।

यसअघि आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौं राष्ट्रिय कर दिवसका अवसरमा बिहीबार आइएमईसहितका कम्पनीहरूलाई सम्मान प्रदान गरिएको छ ।

Global Ime bank

आइएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो । २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्नेगरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC