site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंह ‘विवाद’मा, कर्मचारीदेखि अख्तियारसम्मलाई धम्की
Sarbottam CementSarbottam Cement

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय मातहतको स्कुल अफ ल (कानुन संकाय अन्तर्गतको केन्द्रीय क्याम्पस) ले गत फागुन १७ देखि १९ गतेसम्म बीए एलएलबीको प्रवेश परीक्षा सञ्चालन गर्‍यो । फागुन १७ गते लिखित परीक्षा लिएर १८ र १९ गते मौखिक परीक्षा लिएको लिएको क्याम्पसले २१ गते नतिजा प्रकाशन गरेका थियो । 

परीक्षामा १९० जना सहभागी भएकोमा १५० जना परीक्षार्थी पास भएका थिए । तीमध्येबाट बढी नम्बर ल्याउने ४५ जनालाई पढ्नका लागि छनोट गरिएको थियो । 

परीक्षा भयो । नतिजा आयो । पढ्न पाउनेहरूको सूची पनि सार्वजनिक भयो । त्यतिन्जेलसम्म स्थिति सामान्य नै थियो । तर, त्यसपछि परीक्षाका बेला प्रश्नपत्र नै आउट भएको भन्दै एकाएक हंगामा सुरु भयो । मिडियामा समाचारहरू आउन थाले ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रश्नपत्र बाहिरिएको भन्दै समाचार आएपछि विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले छानबिन समिति गठन गरे । सिंहले विश्वविद्यालयका परीक्षा प्रमुख आनन्दप्रसाद सुवेदीको संयोजकत्वमा बनेको तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए । 

उक्त समितिले ‘प्रश्नपत्र हुबहु सार्वजनिक नभएको’ निष्कर्षसहितको प्रतिवेदन त बुझाएको छ तर, प्रतिवेदन आफैं शंकाको घेरामा छ । “समितिले कुनै पनि प्रश्नपत्र हुबहु बाहिर आएको नपाइएको भनेर प्रतिवेदन बुझाएको छ,” विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले भने, “केही अब्जेक्टिभ (वस्तुगत) प्रश्न मिलेका छन् । त्यसलाई संयोग मान्ने कि कसरी लिने भनेर विश्वविद्यालयलाई नै छोडिएको छ ।” उनकाअनुसार प्रतिवेदनको पूरा अंश भने सार्वजनिक गरिएको छैन ।

Global Ime bank

यसअघि आंशिक प्राध्यापकको विज्ञापन जारी गर्दादेखि नियुक्ति दिँदासम्म अनियमितता भएको भन्दै विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले मानविकी तथा सामाजिकशास्त्र विभाग र कानुन विभागमा छापा मारेर कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

अख्तियारले छानबिन गर्न थालेपछि उपकुलपति सिंहले दुई जनालाई कारबाही गरेका छन् । उनले स्कुल अफ ल का निर्देशक डा. अर्जुन अएडीलाई पदबाट हटाएका छन् भने करारका उपप्राध्याक सुजन पन्तलाई तीन महिनाका लागि निलम्बन गरेका छन् । अएडीलाई हटाएर उनको ठाउँमा उपेन्द्रबहादुर विकलाई निर्देशक बनाइएको छ । यस्तै, उपकुलपति सिंहले १५ प्रतिशत प्रश्नपत्र आउट गरेको भन्दै पन्तलाई बाहिर नबोल्न चेतावनी दिइरहेका छन् । उनी अख्तियारले समेत छापा नमारेको दाबी गर्छन् । 

“छापा मारेको हल्लापछि मैले अख्तियारका प्रमुखलाई फोन गरेँ, उहाँले छापा मारेको छैनाैं भन्नुभयो,” सिंहले बाह्रखरीसँग भने, “अख्तियारका कर्मचारीबाट गल्ती भयो भन्ने कुरा आइसकेको छ । मैले सर्वजनिक रूपमा माफी माग्नुपर्छ भनेको छु । माफी माग्नुभएन भने म अख्तियारविरुद्ध मुद्दा हाल्छु । मध्यपश्चिम विश्वविद्यालयको भीसीले अख्तियारविरुद्ध मुद्दा लड्छ ।” 

उपकुलपति सिंहले यस्तो दाबी गरे पनि अख्तियारले भने कागजात जफत गरेर नै छानबिन गरिरहेको छ । 

तर, अख्तियारको छानबिनलाई बेवास्ता गर्दै उनले पदाधिकारी र उपप्रधाध्यापकलाई कारबाही मात्र गरेका छैनन् आफ्नै छानबिन समितिले पुष्टि गर्न नसकेको प्रश्नपत्र बाहिरिएको आरोपमा प्रवेश परीक्षा नै रद्द गरेर नयाँ परीक्षा तोकेका छन् ।
चैत २२ गतेका लागि तोकिएको नयाँ परीक्षा तालिकामा विश्वविद्यालयले बीएएलएलबी पढ्ने विद्यार्थीका लागि ‘कानुन, मानविकी तथा समाजशास्त्र, शिक्षा, विज्ञान, व्यवस्थापन, अंग्रेजी र समसामयिक विषयहरुबाट प्रश्न सोधिने’ उल्लेख गरेको छ । 

उपकुलपति सिंह भने पहिले इन्जिनियरिङ क्याम्पसमा हस्तक्षेप भएको र अहिले ल क्याम्पसमा आक्रमण भएको भएको बताएका छन् । “मैले अनियमितता भएको थाहा पाएपछि ल क्याम्पसमा अट्याक गरेँ । गलत तरिकाले प्रश्न लक गरेर एउटा ल पढेका स्कुलका विद्यार्थीले मात्र नाम निकाल्ने काम भएको छ,” उपकुलपति सिंहले भनेका छन्, “टेन प्लस टु पढेर आएका विद्यार्थीका मात्र नाम निकाल्ने नियतका साथ र ९७ प्रतिशत ल बाट प्रश्न सोध्ने काम भएकाले मैले रोकेको छु ।”

तर, अख्तियार स्रोतबाट प्राप्त जानकारीअनुसार विश्वविद्यालयले गत माघ १९ गते आंशिक तथा करार प्राध्यापकको विज्ञापनदेखि नियुक्तिसम्मको प्रक्रियालाई लिएर उजुरी परेपछि छानविन भइरहेको छ । 
। 
उपकुलपतिको सिंहको नयाँ काम : सुरक्षा इकाइ

सिंहले अन्तर्राष्ट्रिय अभ्यास भन्दै विश्वविद्यालयमा सुरक्षा इकाइ समेत खडा गरेका छन् । नेपालका विश्वविद्यालयले त्यो अभ्यास नगरे पनि भारतसहित युरोप, अमेरिकासहितका स्थानमा प्रत्येक विश्वविद्यालयमा सुरक्षा विभाग हुने भन्दै उनले मध्यपश्चिम विश्वविद्यालयमा सुरक्षा विभाग बनाएका छन् । 

“सुरक्षा दस्ता होइन । त्यसको नाम मध्यपश्चिमाञ्चल विश्वविद्यालय सूरक्षा एकाई हो,” उनले भने । प्राध्यापकरूलाई धम्क्याउन सुरक्षा दस्ता बनाएको अरोप छ नि भन्ने प्रश्नमा सिंहले भनेका छन्, “पढाउन आएकाहरूले बदमासी गर्छ भने तिनलाई ठिक पार्नुपर्‍यो । विद्यार्थी संगठनका नाममा मेरो कार्यालयमा तोडफाड गरिएको छ । तिनलाई ठिक पार्न सुरक्षा चाहिएन ? भारतमा जानुस् प्रत्येक विश्वविद्यालयमा सुरक्षा एकाई हुन्छ । अमेरिका, युरोपको प्रत्येक विश्वविद्यालयमा सुरक्षा युनिट बनाएका हुन्छन् ।”  
उनले अन्य विश्व विद्यालयमाजस्तो आफूलाई कसैले ‘ट्वाइलेटमा थुन्छु, कार्यकक्षमा थुन्छु’ भनेर सोच्न पनि नसक्ने बताए । “मेरो प्रोटोकलले पाउने सुरक्षाबाहेक मलाई सुरक्षा चाहिँदैन,” सिंहले भनेका छन्, “म एक्लै लड्न सक्छु । अब त्यस्तो धम्की चल्नेवाला छैन ।” उनले विश्वविद्यालयको सम्पत्ति रक्षाका लागि पनि सुरक्षा इकाइ आवश्यक भएको बताए ।

सिंहमाथि उठेको प्रश्न 

सिंहले राजनीतिशास्त्रका उपप्रधाध्यापक उपेन्द्रबहादुर विकलाई आशिंक प्राध्यापक नियुक्ति प्रक्रियामा मानविकी र कानुन दुबै संकायमा विज्ञका रूपमा नियुक्ति दिएका थिए । 

अहिले राजनीतिशास्त्रका उनै विकलाई उपकुलपति सिंहले स्कुल अफ ल को विज्ञ बनाएका छन् । विश्वविद्यालयका कर्मचारीहरू सिंहको नियत गलत भएकै कारण स्कुल अफ ल मा समस्या देखाएको भन्दै राजनीतिशास्त्रका उपप्राध्यापकलाई कानुनमा लगेर निर्देशक बनाएको बताउँछन् । उनीहरू सिंहका आफन्तको प्रवेश परीक्षामा नाम ननिस्किएपछि आक्रोशित बनेको भन्दै प्रवेश परीक्षा दोहोर्‍याउने र पहिलेको रद्द गर्ने काममा राजनीतिक पूर्वाग्रह र पारिवारिक स्वार्थ मिसिएको बताउँछन् । 

उपकुलपतिको बयान यस्तो

उपकुलपति सिंहले उपप्राध्यापकको नियुक्तिमा उपप्राध्यापक विकलाई नै विज्ञ नियुक्ति गरेको स्वीकार गरेका छन् । “सुदूरपश्चिम विश्वविद्यालयमा नियुक्तिका लागि कानुनको सहप्राध्यापक धेरै खोजेर हेरेँ, एक जना लक्ष्मी ‘समथिङ’ भन्ने महेन्द्र बहुमुखी नेपालगंजको हुनुहुँदो रहेछ,” सिंहले भने, “उहाँको एक हप्तासम्म ‘सेड्युल प्याक’ भएको रहेछ । त्यसपछि मसँग विकल्प भएन । कानुनको नै डिग्री भएको अनि अर्को पनि डिग्री भएको स्मार्ट व्यक्ति भएका कारण मैले उपेन्द्र विकलाई विज्ञ नियुक्ति गरेको हुँ ।” उनले उपेन्द्रको कानुनमा मास्टर डिग्री भेटिएन भने आफू पदबाटै राजीनामा दिन तयार रहेको पनि बताए । 
उनले विश्वविद्यालयले बीएएलएलबीमा कानुन मात्रको प्रश्न सोध्न नपाइने बताए । “त्रिविले त्यसरी कानुनको मात्र प्रश्न सोध्छ भने त्यो गलत हो, त्यसलाई मध्यपश्चिम विश्वविद्यालयले लिएर जाँदैन,” सिंहले भने, “मैले विश्वका टप विश्वविद्यालयमा पढेको छु, विश्व विद्यालय कसरी चलाउनुपर्छ मैले जानेको छुँ ।” सिंहले परीक्षाको प्रक्रियामा नै गलत गरेको भन्दै त्यस्तालाई अहिले समान्य कारबाही गरेको र अझ बढी भए जेल कोच्ने चेतावनी दिएका छन् । 

राजनीतिक अखडा बनाइएको विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन खोज्दा आफूविरुद्ध आक्रमण भएको उनको भनाई छ । “मलाई समम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नुभएको हो, उहाँप्रति म सकारात्मक हुने नै भएँ,” सिंहले भने, “तर, यहाँ कांग्रेस, एमाले, माओवादीका नाममा भागबण्डा गरेकाहरूको सेटिङ मैले तोडेको छु । त्यसकारण ममाथी खनिने काम भएको छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC