site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वैकल्पिक सरकार गठन : कांग्रेसले सक्दैन कि चाहँदैन ? 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । “यस्तो बेलामा पनि शेरबहादुर देउवा प्रधानमन्त्री किन बनेन भन्छन्, एमालेमा ओली र नेपालबीच झगडा छ, अहिले पनि झगडा गर्नेहरु पछि नगर्लान् भन्न सकिँदैन । त्यसैले प्रधानमन्त्री बन्ने भनेर फस्ने कुरा हुँदैन,” कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार चितवनमा भएको कार्यक्रममा सम्बोधन गर्दै भनेका शब्द हुन् यि ।

उनले अब सरकारभन्दा पनि पार्टी बलियो बनाउनतिर लाग्नुपर्ने बताएका थिए ।

देउवाको यो संकेतले पनि नयाँ सरकार बनाउन देउवा अग्रसर देखिँदैन । यसको कारण आफ्नो पक्षमा बहुमतको ग्यारेन्टी नहुनु नै हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुस ५ मा विघटित प्रतिनिधि सभा फागुन ११ मा सर्वोच्चले प्रधानमन्त्रीको कदम असंवैधानिक घोषित गर्दै पुनःस्थापित गरिदिएपछि वैकल्पिक सरकारको बहस सुरु भएको हो । तर, त्यसको झन्डै एक महिना हुन लाग्दासम्म वैकल्पिक सरकारको खाका समेत बनेको छैन । 

एउटै पार्टीमा हुँदा संसदमा अविश्वास प्रस्ताव दर्ता गरेर अहिले फरक पार्टी भइसक्दासमेत नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । उसले उपयुक्त समयमा समर्थन फिर्ता लिने बताएको छ ।

Global Ime bank

एकपल्ट प्रधानमन्त्री ओलीले विश्वासको मत लिएमा एकवर्ष अर्को अविश्वास प्रस्ताव ल्याउन नपाइने संवैधानिक संकटका कारण पनि अहिले माओवादीले हतार नगरेको एक नेताको भनाइ छ ।

अविश्वास प्रस्ताव दर्ता गरेको नेकपाकै ‘खनाल–नेपाल’ समूहका झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावलसहितका नेताहरु राष्ट्रिय कार्यकर्ता भेला गरिसकेका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलाले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको दुईदिनभित्रै एमालेका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय अध्यक्ष केपी ओलीले गरेका छन् ।

संसदीय व्यवस्थामा सरकार असफल हुनासाथ जनताको विश्वास लिएर वैकल्पिक सरकार दिने भनेको प्रमुख प्रतिपक्षी दलले हो । त्यसैले पनि प्रतिपक्षी दलको नेतालाई ‘प्राइमिनिस्टर इन वेटिङ’ भन्ने गरिन्छ । तर, प्रमुख प्रतिपक्षी दलले भने प्रधानमन्त्रीको विकल्प दिने अभ्यास अहिलेसम्म सुरु गरेको छैन । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केही संकेत गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता देउवाले भने औपचारिक रुपमा आफ्नो भनाइसमेत राखेनन् । 

“राजनीतिक गतिरोधको निकास संसदबाट नै खोजी हुनुपर्छ,” राष्ट्रपति भण्डारीले राखेको सर्वदलीय बैठकमा निधिले भनेका थिए, “प्रधानमन्त्रीले विश्वासको मत लिएर जाने हो वा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प खोजी गर्ने हो त्यो संसदभित्रैबाट गर्नुपर्छ ।” 

प्रधानमन्त्री ओलीले ‘सरकारलाई काम गर्न नदिए फेरि पनि संसद विघटनको विकल्प छैन’ भन्दै राष्ट्रपतिलाई साक्षी राखेर धम्कीको भाषा प्रयोग गरेको सहभागी नेताहरू बताउँछन् ।

यसबाहेक नेकपा माओवादी–केन्द्रका’ अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष महन्थठाकुरसहितका नेताहरुको टिमले पनि कांग्रेस सभापतिलाई प्रधानमन्त्री बन्नका लागि आग्रह गर्दै आफ्ना सर्तहरु राखेका छन् । 

तर देउवा विश्वस्त छैनन् । उनले आफूसँगको अनौपचारिक कुराकानीमा जसपाका नेताहरु ठाकुर र राजेन्द्र महतोले ओलीले विकल्प किन खोज्नुपर्‍यो ? भन्ने धारणा राखेको नजिकका नेताहरुसँग बताउँदै आएका छन् ।

ती नेताका अनुसार त्यसैले अहिले देउवाले प्रधानमन्त्रीभन्दा पार्टी बलियो बनाउनतिर लाग्नुपर्ने बताएका हुन सक्छन् ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकलेसमेत सर्वसम्मत सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिसकेको छ ।

तर, त्यसयता पनि देउवाले भने ‘कांग्रेसलाई प्रधानमन्त्री बन्ने कुनै हतारो नभएको तर राष्ट्रिय जिम्मेवारी आए त्यसबाट नभाग्ने’ बताउँदै आएका छन् । 

देउवाको यस्तो कार्यशैलीलाई वरिष्ठ नेता पौडेलले भने रहस्यमयी भनेर टिप्पणी गरेका छन् । गत मंगलबार पोखराको कार्यक्रममा नेता पौडेलले सभापतिको उदासिनताका विषयमा प्रश्न उठाएका हुन् ।

संसद्का अंकगणितअनुसार पनि देउवाको पक्षमा अहिले बहुमत देखिँदैन ।

कांग्रेससँग ६३ सांसद् छन् जसमध्ये दुईजना निलम्बनमा छन् भने माओवादी केन्द्रसँग ५३ सांसद छन् यसमध्ये चारजना एमाले ओलीसमूहमा छन् । माओवादी केन्द्रले दुईजना सांसद आफ्नो पक्षमा आउने दाबी गर्दै आएको छ ।

जसपाका ३४ मध्ये दुईजना सांसद निलम्बनमा छन् । जसपका आधाजसो सांसदले ओलीको विकल्प खोज्न नहुने बताएका कारण देउवा प्रधानमन्त्रीको विकल्प दिन तयार देखिँदैनन् ।

विश्लेषकको प्रश्न – कांग्रेसको सरकार कसरी बन्छ ? 

प्राध्यापक पुरुषोत्तम दाहाल अहिलेको राजनीतिक अवस्थाले कांग्रेस नेतृत्वको सरकार सहज नभएको बताउँछन् । उनी त कांग्रेस नेतृत्वको सरकार भन्नेहरुले नै असान्दर्भिक कुरा गरिरहेको बताउँछन् । 

“धान कुटिएकै छैन, तर प्रश्न भात पस्किएर कांग्रेसले किन खाएन भनेर गरिँदैछ,” दाहालले भने, “धान कुट्नुपर्‍यो, केलाउनु पर्‍यो, त्यसपछि भाँडा, आगो, पानी र मेहनतपछि मात्र भात बन्छ भन्ने कुरा भुलिँदै छ ।” 

उनले प्रधानमन्त्रीको सबैभन्दा चर्को विरोध गर्ने माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता नलिएका बेला कांग्रेस नेतृत्वमा सरकार बनाउने बहस नै औचित्यहीन भएको बताए । 

“पहिला त माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आउनुपर्‍यो, त्यसपछि जसपाले पनि कांग्रेसलाई समर्थन गर्ने निर्णय एकमुष्ट गर्नुपर्‍यो,” प्रा. दाहालले भने, “त्यसपछि बल्ल केपी ओलीको सरकारको विकल्प सम्भव हुन सक्छ ।”

उनले संसदको दोस्रो दलको हैसियतमा वैकल्पिक सरकारको दाबी गर्नु कांग्रेसका लागि स्वाभाविक भए पनि संख्याका हिसावले सहज अवस्था नरहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC