site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काम पाइरहने निर्देशक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा निर्देशकको संख्या उल्लेख्य रहे पनि निरन्तर काम गरिरहनेहरूको संख्या भने न्यून छ । एक/दुईवटा चलचित्र निर्देशन गरेर यो क्षेत्रबाटै पलायन हुनेहरूको बाहुल्यता रहे पनि केही भने निरन्तर निर्देशनमै छन् । यद्यपि दशकौंदेखि निर्देशनलाई अविराम निरन्तरता दिनेको संख्या भने शून्य प्रायः छ । 

रामबाबु गुरुङ, दीपेन्द्र के खनाल, मिलन चाम्स, विकास आचार्य, दीपाश्री निरौला, प्रदीप भट्टराई, दिनेश राउत, झरना थापा, सुदर्शन थापा, दीपेन्द्र लामा, हेमराज बीसी, दिवाकर भट्टराईलगायत निर्देशकहरूले बाक्लै संख्यामा चलचित्र निर्देशन गरिरहेका छन् ।

रामबाबु गुरुङ कबड्डी सिरिजसँगै अन्य चलचित्र निर्देशन गर्दै आएका छन् । बर्सेनि गुरुङ निर्देशित चलचित्रहरू रिलिज भइरहेका छन् । पछिल्लो समय उनले निर्देशन गरेको चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको थियो । अहिले उनी ‘कबड्डी–४’ निर्देशन गर्ने तयारी गर्ने तयारी गरिरहेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

दीपेन्द्र के खनाल पनि अविराम चलचित्र निर्देशन गरिरहेका निर्देशक हुन् । चलचित्रले राम्रो व्यापार गरुन् वा नगरुन् उनी निर्देशनबाट पछि हटेका छैनन् । ‘पशुपतिप्रसाद’ यता उनले निर्देशन गरेका चलचित्रले राम्रै बजार पाइरहेका छन् । अहिले उनी ‘चिसो मान्छे’ छायांकन गरिरहेका छन् । 

मिलन चाम्स पनि निरन्तर चलचित्र निर्देशन गरिरहेका निर्देशकमध्येका एक हुन् । ‘वीरविक्रम’का सिरिजसँगै ‘ब्ल्लाइन्ड रक्स’ लगायत उनले चलचित्र निर्देशन गरिरहेका छन् । केही दिनअगाडि मात्रै उनले ‘गोरखा वारियर–२’ निर्माण घोषणा गरेका छन् ।

Royal Enfield Island Ad

पछिल्लो समय निरन्तर निर्देशनमा रहने निर्देशक हुन्, दीपाश्री निरौला । ‘छक्का पञ्जा’ सिरिज उनले निर्देशन गरेका चलचित्र हुन् । कोरोनाका कारण ‘छक्का पञ्जा–४’ भने निर्माण कहिले हुने निश्चित भइसकेको छैन । तर, यो सिरिजलाई पनि दीपाश्रीले नै निर्देशन गर्नेछिन् । उनले निर्देशन गरेका ‘छक्का पञ्जा’का सिरिज सबै व्यापारिक रूपमा सफल छन् । ‘छक्का पञ्जा’ युनिटबाहेकका चलचित्र भने उनले निर्देशन गरेकी छैनन् । 

विकास आचार्य पनि लामो समयदेखि निर्देशनमा छन् । ‘नाइँ नभन्नू ल’ का सिरिज’ उनले निर्देशन गरेका छन् । विकास आचार्यले पछिल्लो समय ‘हजार जुनीसम्म’ निर्देशन गरेका थिए । विकास अहिले ‘नाइँ नभन्नू ल–६’ को तयारीमा छन् । 

झरना थापा पछिल्लो समय निर्देशनमा आए पनि बर्सेनि चलचित्र लिएर आइरहेकी छिन् । ‘ए मेरो हजुर’का सिरिज उनले निर्देशन गरिरहेकी छिन् । यसको पछिल्लो सिरिज ‘ए मेरो हजुर–४’ अहिले पोस्ट प्रोडक्सनमा रहेको छ । उनले यो चलचित्रको रिलिज डेट पनि घोषणा गरिसकेकी छिन् ।
 
दिनेश राउत पनि निर्देशनमा निरन्तरता दिइरहेका निर्देशक हुन् । पछिल्लो समय ‘प्रसाद’ निर्देशन गरेका दिनेश अहिले ‘प्रकाश’ निर्देशन गर्दै छन् । ‘सेल्फी किङ’ भने उनी निर्माणमा मात्रै बसेर विशाल सापकोटालाई निर्देशन गर्न दिएका थिए । 

निर्देशनमा प्रवेश गरेको धेरै नभए पनि निरन्तर निर्देशन गर्दै आएका निर्देशकमा प्रदीप भट्टराई र दीपेन्द्र लामा पनि हुन् । उनीहरूका चलचित्र बर्सेनि प्रदर्शन हुँदै आएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रु गते’ प्रदीपले निर्देशन गरिसकेका छन् । 

दीपेन्द्रले ‘घामपानी’, ‘गोपी’ र ‘छ माया छपक्कै’ निर्देशन गरिसकेका छन् । ‘२ नम्बर’ अहिले उनले निर्देशन गरिरहेको चलचित्र हो । 

सुदर्शन थापा पनि निरन्तर निर्देशनमा रहेका निर्देशक हुन् । ‘म यस्तो गीत गाउँछु’का सिरिजसँगै अन्य चलचित्र निर्देशन गरेका उनी निर्माता पनि हुन् । 

निर्देशक दिवाकर भट्टराई र हेमराज बीसी पनि चलचित्र निर्देशनमा सक्रिय निर्देशक हुन् । उनीहरू दुवै अहिले नयाँ चलचित्रको तयारीमा छन् । पछिल्लो समय हेमराजको ‘घामड शेरे’ निर्देशन गरेका थिए भने दिवाकरले ‘क्याप्टेन’ निर्देशन गरेका थिए । 

सफलता नै निरन्तर निर्देशनमा रहनुको मुख्य कारण रहेको निर्देशक विकास आचार्य बताउँछन् । “चलचित्र सफल भयो भने निर्देशक दोहोरिने हो । लगानी गर्ने पेसा भएकाले चलचित्र सफल भएन भने निर्देशक स्वयंको आत्मविश्वास पनि धरमराउँछ । दोस्रो चलचित्रमा निर्माता पनि भेटिँदैन,” निर्देशक विकास भन्छन्, “चलचित्र दर्शकले मन पराए भने निर्माताले पनि निर्देशकलाई पत्याउँछन् र उसले निरन्तरता पाउँछ । अन्यथा चाहेर पनि कोही यसमा टिकिरहन सक्दैन ।”

लामो समयदेखि निर्देशन गरिरहेका अधिकांश निर्देशकले आफूलाई टिकाइरहन भने सिक्वेलको सहारा लिइरहेका छन् । प्रदीप भट्टराई, मिलन चाम्स, दीपाश्री निरौला, झरना थापा, रामबाबु गुरुङ, विकास आचार्य, सुदर्शन थापाले सिक्वेल निर्माण गरिरहेका छन् । 

सिक्वेलको सहारा नलिने निर्देशक दिनेश राउत, दीपेन्द्र के खनाल, हेमराज बीसी, दिवाकर भट्टराई र दीपेन्द्र लामा हुन् । 

किन सिक्वेल बनाउँछन् निर्माता तथा निर्देशकहरू ? ब्रान्ड भ्यालु क्यास गर्न सजिलो हुने भएकाले उनीहरूले सिक्वेल निर्माण गरिरहेको चलचित्रकर्मीहरू बताउँछन् । “कुन चलचित्र भन्दा एकपटक चलिसकेको चलचित्रभन्दा पब्लिसिटी गर्न पनि सजिलो । दर्शकको ध्यान खिच्न पनि सजिलो हुन्छ,” निर्देशक आचार्य भन्छन्, “नयाँ चलचित्रको नाम लिएर सुरुबाट दर्शकमाझ जानुभन्दा ब्रान्ड बनिसकेको चलचित्र लिएर जाँदा मेकरलाई सहज हुन्छ ।”

उनले यसअघि चलचित्र ‘हजार जुनीसम्म’ निर्देशन गरेका थिए । तर, उक्त चलचित्रलाई दर्शकले मन नपराएपछि उनी पुनः ‘नाइँ नभन्नू ल–६’ मा फर्किएका हुन् । 

६० को दशकअगाडि थुप्रै निर्देशक लामो समयसम्म निर्देशनमा रहे पनि पछिल्लो समय दुई वा सोभन्दा बढी चलचित्र निर्देशन गर्नेभन्दा नगर्नेहरूको संख्या धेरै छ ।

बजार र चलचित्र पारखीको मन जित्ने अधिकांश निर्देशकले काम पाइरहेको निर्देशक दीपेन्द्र लामा बताउँछन् । “गुडविल राम्रो भएका निर्देशकहरूलाई नै निर्माताहरूले खोज्ने हो,” उनी भन्छन्, “केही निर्देशक त्यस्ता पनि छन्, जो आफ्नो बढी मार्केटिङ गरेर निर्मातालाई भुलभुलैयामा राखिरहेका हुन्छन् । तर, यस्ता व्यक्ति धेरै समय टिक्दैनन् ।”

चलचित्र बजारमा इमानदारपूर्वक प्रयास गरिरहेका निर्देशकलाई अफ्ठ्यारो परिस्थितिमा पनि निर्माताले लगानी गरिरहेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro