site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशसभा बैठक सर्दा प्रदेश–१ सरकारको आयु १२ दिन बढ्यो !
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक सरेपछि मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारको आयु १२ दिन थपिएको छ । आज दिउँसो २ बजेको लागि बैठक तय भएको थियो ।

प्रदेशसभा बैठक तोकिएकै मिति र समयमा बसेको भए नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल भई निर्णय हुने थियो । तर, प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले बुधबार नै सूचना प्रकाशित गरी आउँदो चैत २ गतेको लागि बैठकको नयाँ मिति तोकेका छन् ।

गएको माघ २५ गतेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले दलहरुसँग सहमति नै नगरी बैठक फागुन ९ गतेलाई सारिदिएका थिए । त्यही बैठकमा अविश्वासको प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची तयार थियो । तर, सभामुख भण्डारीले बैठकको कारबाही सुरु गर्नासाथ सत्तारुढ दलकै सांसदले उठेर विरोध गरेपछि भण्डारीले ‘हठात्’ अर्को मिति तोकेर बैठक सुरु भएको तीन मिनेटमै स्थगन गरिदिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री राईपक्षीय प्रमुख सचेतक राजभण्डारीले ‘संसदीय दलको विधानविपरीत र झस्केलाबाट ल्याइएको अविश्वासको प्रस्ताव गैरकानुनी’ भन्दै उनकै नेतृत्वमा संसद् बैठक अवरुद्ध गरेका थिए । दुनियाँमा कहीँकतै सत्तारुढ दलले नै संसद् बैठक अवरुद्ध गर्ने प्रचलन नरहेको भन्दै निकै टिकाटिप्पणीसमेत भयो । राजभण्डारी भन्छन्, “अवैधानिक रूपमा भएको निर्णय हामीलाई मान्य छैन । संसद् बैठक सञ्चालन गर्न नदिने नै हाम्रो रणनीति हो ।”

चैत २ गतेको लागि बैठक सारिएको विषयलाई प्रमुख विपक्षी नेपाली कांग्रेसले कडा टिप्पणी गरेको छ । सभामुखले सदनमा प्रवेश गरिसकेको अविश्वास प्रस्तावलाई प्रक्रियामा लग्नुपर्नेमा त्यसलाई अन्योलग्रस्त बनाएको कांग्रेसको ठहर छ । विराटनगरमा पत्रकार सम्मेलन गरी प्रमुख सचेतक केदार कार्कीले संसद् बैठक सार्ने निर्णयको विरोध गरेका छन् ।

Global Ime bank

अविश्वासको प्रस्तावबाट सरकार नै भागेको बताउँदै कार्कीले भने, “सरकारकै अगुवाइमा कहिले प्रदेशसभा बैठक स्थगन गर्न सभामुखलाई पत्र पठाउँछ, बैठकबाट मन्त्रीज्यूहरु नै भाग्नुहुन्छ । फेरि सूचना टाँस गरेर सरकारको आयु बढाउने रणनीतिमा सरकार गएको देखिन्छ ।” कार्कीले ‘सेटिङ’मा प्रदेशसभालाई बन्धक बनाउन नहुने बताए । प्रदेश सरकारको गतिविधिका कारण जनतामा समेत व्यापक निराशा छाएको उनको भनाइ छ । अविश्वास प्रस्ताव पारित गराउने पक्षमा विपक्षी कांग्रेसले साथ दिने र साना दलको समेत समर्थन प्राप्त भएपछि सरकारले बैठक सार्ने गरेको उनको आरोप छ ।

प्रतिनिधिसभा विघटन गरिएसँगै प्रदेशमा समेत सत्तारुढ नेकपामा विवाद सुरु भएको हो । गएको पुस १२ गते नेकपा प्रचण्ड–नेपाल समूहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले अर्का नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् । माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भए पनि बैठक भने पटक–पटक स्थगन गरिँदै आएको छ ।

गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले आचार्यसहित १६ जनालाई निलम्बन गरेको जनाएको थियो । सोको जानकारी प्रदेशसभा सचिवालयलाई पनि गराइयो । त्यसको जवाफमा नेकपा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईसहित आठजनालाई कारबाही गरिएको जनायो । प्रमुख सचेतक राजभण्डारीलाई हटाएर प्रचण्ड–नेपाल समूहले शौभाग्यवती राईलाई प्रमुख सचेतकमा नियुक्त गरियो ।

प्रदेश–१ को प्रदेशसभामा ९३ सांसद छन । नेकपाका ६७, कांग्रेसका २१,  जनता समाजवादी पार्टीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक/एक सांसद छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC