site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजीको जितमा एम्बाप्पेको दुई गोल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवा स्टार केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।

साविक विजेता पीएसजीले शनिबार राति भएको खेलमा डिजोनलाई ४–० ले पराजित गरेको हो । डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले दुई तथा मोइस किन र डानिलो पेरेइराले एक/एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

मोइसले खेलको छैटौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ५१औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले ३–० को अग्रता बनायो । डानिलोले ८२औँ मिनेटमा गोल गर्दा पीएसजी ४–० ले विजयी भयो ।

जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीले २७ खेलबाट ५७ अंक जोडेको छ । शीर्ष स्थानको लिलको ५८ अंक रहेको छ । पराजित डिजोन १५ अंकसहित पुछारमा रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC