site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नारायणकाजीको प्रश्न- चुनाव लोकतन्त्र रक्षा कि ध्वस्त गर्नका लागि ?
SkywellSkywell

काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले लोकतन्त्र समाप्त पार्न चुनाव घोषणा गरेको दाबी गरेका छन् । चुनाव त संविधानअनुसार हुने भन्दै संविधान समाप्त पार्न चुनावको प्रपञ्‍च रचेको बताएका हुन् ।

“हामी चुनाव चाहन्छौं, हरेक राजनीतिक दल लोकतन्त्रमा चुनाव नै चाहन्छन्,” श्रेष्ठले प्रश्न गरे, “आदरणीय जनसमुदाय तपाईंले चाहेको कस्तो चुनाव ? संविधानअनुसारको चुनाव कि संविधान समाप्त पार्ने चुनाव ? लोकतन्त्रको रक्षा गर्ने चुनाव कि लोकतन्त्र ध्वस्त पार्ने चुनाव ?”

Dabur Nepal
NIC Asia

उनले ओलीले आफ्नो फाँसिवादी सोचको ढाकछोपका लागि मात्र चुनाव घोषणा गरेको भन्दै त्यसलाई असफल पार्नु हरेक नागरिकको कर्तव्य भएको बताए । प्रतिगमन र फाँसिवादलाई असफल पार्न सबैले आन्दोलन गरिरहेको भन्दै संयुक्त आन्दोलनको प्रयास भने सफल नभइसकेको बताए ।

“कांग्रेस र जसपा पनि प्रतिगमनका विरुद्ध आन्दोलनमै छन् । हामीले उहाँहरुसँग कुरा पनि गरेका छौं तर संयुक्त आन्दोलन घोषणा हुन सकेको छैन,” श्रेष्ठले भने, “संयुक्त आन्दोलन मात्र नभएको हो । कांग्रेसले पनि प्रतिगमनविरुद्ध आन्दोलन गरिरहेको छ । जसपाले पनि आन्दोलन गरिरहेको छ । हामी फाँसिवादलाई असफल पारेर छाड्छौं ।”

उनले जनताको मुद्दामा सरकारलाई हटाउन नसकेपछि समयमा विकल्प दिन नसक्नु आफूहरुको कमजोरी भएको भन्दै जनतासँग माफीसमेत मागेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu