site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै एमालेको बनाउनुस् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ०८४ को निर्वाचनपश्चात् नेकपा (एमाले)का तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । शनिबार राजधानीमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेकामा उनले जोड दिइन् । उनले एमालेका तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि नै लाग्न जरुरी रहेको बताइन् ।

एमाले आउँदो निर्वाचनबाट मुलुकमा निर्णायक शक्ति हुन अहिलेदेखि नै लाग्न जरुरी रहेको उनले औँल्याइन् । ०८४ पछि एमाले निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत पार्न जरुरी रहेको उनले बताइन् ।

आउँदो निर्वाचनसम्म एमालेले फाउन्डेसनको अग्रसरतामा मुलुकभर 'जबज'का माध्यमबाट अभियान चलाउन उनले आग्रह गरिन् ।

कार्यक्रममा भण्डारीको भनाइ पढ्नोस्–
म नेकपा (एमाले)को सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अतिथि भनेर बोलाउनुपर्ने भएको छ । नेकपा (एमाले)ले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो । मबाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ, पार्टीका कार्यक्रमहरूमा पार्टीका नेताहरू जानुहुन्छ । सामाजिक फोरमहरूमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा (एमाले)लाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा (एमाले) बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भएँ । नेतृत्वमा पुग्न के गर्नुपर्छ मैले भन्नु पर्दैन । मिठो खानको लागि दाल, चामललगायत धेरै कुराहरू मिलाउनुपर्छ । त्यसको लागि एमालेले प्रयास गर्नुपर्छ । नेकपा (एमाले) मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुने भनेको छ । एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस्, धेरै शुभकामना छ । यस्तो बनाउनुुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउनुस् । मेरो यो मदन भण्डारी फाउन्डेसनको रजतजयन्तीको अवसरमा शुभकामना पनि हो । आगामी निर्वाचनसम्म एमालेले फाउन्डेसनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro