site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यायाधीश प्रस्ट हुन खोज्ने, सरकारपक्ष तर्कने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबारबाट सरकार पक्षका वकिलहरूले बहस गरिरहेका छन् । महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त, नायब महान्यायाधिवक्ताहरू पदमप्रसाद पाण्डेय, नारायणप्रसाद पौडेल, विश्वराज कोइरालाले बहस गरिसकेका छन् ।

तर, उनीहरूले प्रतिनिधिसभा विघटन सदर हुनुपर्छ भन्नेमा बलियो तर्क पेस गर्न सकिरहेका छैनन् । न्यायाधीशहरूले विघटनमा केन्द्रित रहेर अहिलेको संविधानमा रहेको व्यवस्थाबारे प्रश्न गर्दा उनीहरू कहिले ०४७ सालको संविधानको चर्चा गरिरहेका छन् त कहिले ०५२ सालमा संसद् विघटनका बेला भएको फैसलाको आड खोजिरहेका छन् । आफ्नो प्रश्नको जवाफ नपाएपछि इजलासबाट न्यायाधीशहरूले पटक-पटक विषयमा केन्द्रित हुन भनिरहेका छन् ।

प्रतिनिधिसभा विघटन संविधानभित्रैको प्रधानमन्त्रीको अधिकार भएको बताएका महान्यायाधिवक्ता खरेलले सोमबार इजलासको लामो समय लिए पनि विघटनको औचित्य पुष्टि गर्ने बलियो आधार पेस गर्न सकेनन् । उनी इजलासको प्रश्नले हैरान देखिन्थे । न्यायाधीश अनिल सिन्हाको प्रश्नमा जवाफ नदिएर पन्छिएका खरेललाई न्यायाधीश सपना प्रधान मल्लले प्रश्न सम्झाइदिएकी थिइन् । “श्रीमान्‌हरुलाई गद्गद् बनाउने जवाफ दिइहाल्छु नि,” खरेलले न्यायाधीशको प्रश्नमा पटक-पटक भने । तर, उनको जवाफ प्रश्नमा केन्द्रित भएर नआएपछि न्यायाधीशहरूले प्रश्न दोहोर्‍याएरै सोधेका थिए । जवाफ नदिएमा सञ्चारमाध्यमले समाचार लेख्छन् भन्दै पटक-पटक बहसका क्रममा उनमा चिन्ता देखिन्थ्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्रीलाई केही गर्न नसक्ने लुरे प्रधानमन्त्री नै बनाइराख्न खोजको हो र संविधानले? यसमा अदालतले व्याख्यामार्फत सुधार गरेर प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिने हो भने संसदीय प्रणाली पूर्ण हुँदैन,” धेरै प्रश्नमा पछि आउँछु भन्दै पन्छिएका उनले विघटनको औचित्य पुष्टि गर्न खोजे । उनले संसदीय मूल्य मान्यता र विगतका अभ्यास र प्रधानमन्त्रीकै लिखित जवाफमा बढी जोड दिएका थिए । उनले ‘पछि आउँछु’ र ‘साथीहरूले जवाफ दिनुहुन्छ’ भन्दै इजलासबाट सोधिएका विघटनसम्बन्धी केही प्रश्नहरू पन्छाएका थिए ।

खरेलपछि बहसमा आएका वरिष्ठ अधिवक्ता पन्तले प्रधानमन्त्रीले विघटन गर्न पाउने जिकिर दोहोर्‍याए । उनलाई प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई संविधानको कुन प्रबन्धले दिएको छ भन्ने प्रश्न इजलासबाट पटक-पटक सोधिएको थियो । त्यसक्रममा उनले प्रधानमन्त्रीले संविधानको धारा ७४ अनुसार विघटन गर्न पाउने जिकिर गरेपछि न्यायाधीश अनिल सिनहाले प्रश्न गरेका थिए, “तपाईं ७४ बमोजिम विघटन गरियो भन्नुहुन्छ । तर, प्रधानमन्त्रीको जवाफमा त धारा ७६ उल्लेख छ ?” यो प्रश्नमा पन्तले आलटाले जवाफ दिए । उनले प्रधानमन्त्रीमा संसद् विघटनको अवशिष्ठ अधिकार हुने दाबी पनि गरे । पुन: उनलाई प्रश्न सोधियो, “संविधानमा नलेखिएको प्रधानमन्त्रीको अधिकार के कस्तो रैछ ?” पन्तको जवाफ पनि प्रश्नै थियो, “प्रधानमन्त्रीले गर्न नपाउने कुरा त लेख्या छ । नलेख्या कुरा गर्न पाउँदैनन् भनेर भन्ने श्रीमान्‌को आधार के ?” पन्त पनि इजलासबाट आएका केही प्रश्नहरूमा पछि आउँछु भन्दै तर्किएका थिए । तर, खरेल र पन्त पछि आउँछु भनेको प्रश्नमा डेढ दिन बहस गर्दा पनि फर्किएनन् । 

Global Ime bank

नेपालमै आउनुस् !
नायब महान्यायाधिवक्ताहरूले पनि प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीलाई रहेको जिकिर दोहोर्‍याएका छन् । नायब महान्यायाधिवक्ता पाण्डेयले बहसका क्रममा विश्वका अन्य देशको संविधानमै बढी समय खर्चिए । न्यायाधीशले पटक–पटक नेपालको संविधानमा केन्द्रित भएर बहस गर्न आग्रह गर्दै ‘नेपालमै आउनुस्’ भनेपछि उनी पछि आउँछु श्रीमान् भन्दै विश्वकै संविधानको चर्चा गरिरहे । “संसद् विघटन भएपछि म संविधान पढ्न थालेँ । बेलायत, भारतको संविधान पढेँ । अनि मलाई लाग्यो यो विघटन ठीक रैछ । विघटन नगरेको भए त संसदीय व्यवस्था नै धरापमा पर्ने रहेछ,” उनको तर्क थियो । न्यायाधीश सिन्हा र प्रधानले पाण्डेयलाई संविधानका धारामा केन्द्रित भएर बहस गर्न पटक-पटक ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले चाहेका बेला संसद् विघटन गर्न सक्ने जिकिर गरेरै उनले अन्य देशको संविधानमा रहेको व्यवस्थामै केन्द्रित रहेर बहस टुंगाए ।

न्यायाधीहरूले प्रधानन्त्रीलाई विघटनको अधिकार संविधानको कुन धाराले दिएको छ ? सरकार बन्न नसक्ने कुराको प्रमाणीकरण गर्न संसद्‌मा जाने कि प्रधानमन्त्री आफैंले गर्ने ? पार्टीभित्रको विवादको सिकार संसद्‌लाई बनाउन मिल्छ कि मिल्दैन ? संविधानको मर्म के थियो ? लगायत प्रश्न सरकारपक्षका कानुन व्यवसायीलाई सोधिरहेका छन् । 

सरकारी वकिलको के-छ तयारी ?
महान्यायाधिवक्ता कार्यालयका तर्फबाट १० जनाले बहस गर्दै छन् । उनीहरूले कसले के विषयमा केन्द्रित रहेर बहस गर्ने विषय छुट्याएका छन् । नायब महान्यायाधिवक्ता पाण्डेयले प्रधानमन्त्रीको विशेषाधिकार के हो ? संसदीय शासन प्रणाली भएका देशहरूको अभ्यास कस्तो छ ? भन्ने प्रश्नमा केन्द्रित भएर बहस गरेका थिए । अर्का नायब महान्याधिवक्ता नारायणप्रसाद पौडेलले संविधानको धारा ७६ र ८५ को अन्तरसम्बन्ध संविधानका अरु व्यवस्थाहरूको विश्लेषण गरेका छन् । पौडेलले आज बहस सकेका छन् ।

त्यस्तै, नायब महान्याधिवक्ता विश्वराज कोइरालाले संसद् विघटन राजनीतिक प्रश्न हो । राजनीतिक प्रश्न अदालतले किन हेर्न मिल्दैन ? भन्नेमा आफ्नो बहस केन्द्रित गरेका छन् ।

नायब महान्याधिवक्ता टेकबहादुर घिमिरेले संसद् विघटनको अन्तर्राष्ट्रिय अभ्यास, सह-न्यायाधिवक्ता श्याम भट्टराईले प्रधानमन्त्रीको विघटनको अधिकार र नेपालको विगतको अभ्यासबारे बोल्ने तयारी गरेका छन् । सह-न्यायधिवक्ता सञ्जीवराज रेग्मीले संसद् विघटनसम्बन्धी मुद्दाको फैसलाको अध्ययन र प्रतिपादित सिद्धान्तको व्याख्या गर्ने, सह-न्यायाधिवक्ता लोकराज पराजुलीले सफा हातको सिद्धान्त (निवेदक सफा हात- निष्पक्ष) लिएर आउनुपर्छ भन्ने हुन्छ । तर, प्रतिनिधिसभा विघटनविरुद्धका निवेदकहरू सफा हात लिएर आएका छैनन् । निवेदकहरू पूर्वाग्रही छन् भन्नेमा केन्द्रित हुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

सह-न्यायाधिवक्ता खेमराज ज्ञवालीले राष्ट्रपतिको कार्य संवैधानिक छ कि छैन ?, सह-न्यायधिवक्ता उद्धवप्रसाद पुडासैनीले नेकपाको संसदीय दल टुटेको छैन भनेर व्याख्या गर्ने र उप-न्यायाधिवक्ता दशरथ पंगेनीले संसद् विघटन गर्ने प्रधानमन्त्रीको दुरासयपूर्ण काम होइन भनी व्याख्या गर्ने तयारी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC