site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न नेकपाको माग
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आमहड्ताल गर्ने क्रममा पक्राउ परेका नेताहरु रिहा गर्न माग गरेको छ । बिहीबारको देशव्यापी आमहड्ताल शान्तिपूर्ण रहे पनि सरकार तर्सिएर नेताहरुलाई पक्राउ गरेको उक्त समूहको ठहर छ ।

“शान्तिपूर्ण आन्दोलनबाट तर्सेको सरकारले बिहानै काठमाडौंबाट हाम्रो पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, विजय पौडेल, अमता थापा, कृष्ण केसी, तनहुँबाट प्रतापलाल श्रेष्ठका साथै देशभरका सयौं नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ भने जनकपुरमा शान्तिपूर्ण जुलुशमाथि प्रहार गरी स्थायी कमिटी सदस्य कमरेड मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य कमरेड रामचन्द्र झालगायतलाई सख्त घाइते बनाएको छ । सरकारको यस दमनकारी, निरंकुश र कायर हर्कतको हाम्रो पार्टी घोर भर्त्सना गर्दै गिरफ्तार नेताहरूलाई अविलम्ब रिहा गर्न माग गर्दछ,“  प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Agni Group
NIC Asia

हड्ताल पूर्ण रूपमा सफल भएको भन्दै हड्तालप्रतिको ऐक्यबद्धताले उत्साही बनाएको श्रेष्ठले बताएका छन् ।

“आम हड्तालमा प्राप्त जनसमर्थनले हामीलाई उत्साहित बनाएको छ र संघर्षका माध्यमबाट हरहालतमा यस प्रतिगामी कदमलाई परास्त गर्ने ऊर्जा प्रदान गरेको छ । शान्तिपूर्ण आन्दोलनमार्फत वर्तमान सरकारका प्रतिगामी कदमहरूलाई पराजित गर्नका लागि आम जनसमुदायलाई आन्दोलनमा गोलबन्द हुन हाम्रो पार्टी अपिल गर्दछ,“ विज्ञप्तिमा भनिएको छ ।
No description available.

Global Ime bank

‘शान्तिपूर्वक भेला हुन पनि नपाइने ? सत्ता आतंकको पराकाष्ठा नाघ्यो’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय