site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमतले भन्यो– मधेसमा सहयोग गरे कांग्रेस–एमाले गठबन्धनमा सहभागी हुन्छौँ
जनमतका पार्टी अध्यक्ष सीके राउत । फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धनले सहयोग गरे केन्द्रीय गठबन्धनमा आफू सहभागी हुने बताएको छ । 

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जनमत पार्टीको प्राथमिकता मधेस सरकार भएकाले सोहीअनुरूप केन्द्रमा सहमति हुने बताए । 

“हाम्रो प्राथमिकता मधेस प्रदेश हो । हामीलाई मधेस सरकारमा सहयोग गर्छ भने हामी केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्छौं,” उनले भने ।

लामो समयसम्म जसपासहितका पुराना दलले मधेसलाई बन्धक बनाएको बताउँदै उनले जनमत सरकारले लोकप्रिय र जनसेवाको काम गरेर देखाउने बताए ।

“हामी स्थायीत्वको पक्षधर हौँ । हामीलाई सिंगो देशको विकास गर्नुछ । अहिले मधेसमा हाम्रो नेतृत्वमा सरकार छ,” उनले थपे । 

मधेसमा जनमत पार्टीबाट सतिशकुमार सिंह मुख्यमन्त्री छन् । उनले असार २१ गते विश्वासको मत लिने तय भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro