site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रातृ संस्थाको अधिवेशन गराउन कांग्रेसले निर्देशक समिति गठन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी भ्रातृ संस्थाका लागि अधिकार सम्पन्न फरकफरक निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको पदाधीकारी बैठकले चैत मसान्तभित्र अधिवेशन गर्ने गरी निर्देशक समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने/गराउने अधिकार पाउनेछन् । यस्तै, विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने अधिकार पनि पाउनेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल थारू संघको अधिवेशन हुन सकेको छैन ।

यी संघहरूको तदर्थ समितिको समायवधि पनि असार असार १५ गते सम्पन्न भएको थियो । यी तदर्थ समितिहरूको म्याद चैतसम्मलाई थप भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्