site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘शान्तिपूर्वक भेला हुन पनि नपाइने ? सत्ता आतंकको पराकाष्ठा नाघ्यो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सरकारले शान्तिपूर्वक भेला हुने, अधिकारका लागि आन्दोलित हुने मौलिक हक पनि हनन् गर्न लागेको बताएकी छन् ।

आमहड्तालका लागि कलंकी जाँदै गर्दा बाटैबाट पक्राउ परेकी शाक्यलाई अहिले महाराजगञ्ज तालिम केन्द्रमा राखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“म कलंकी पनि पुगेको थिइनँ । बाटैबाट उठाइयो । शान्तिपूर्वक भेला हुन पाउने अधिकार पनि कटौती भएको हो । केपी ओली नेतृत्वको सत्ताको अत्याचारले सीमा नाघ्यो । अब नेपाली जनता सहँदैनन् । हामीले अति भएर आमहड्ताल गर्नुपरेको हो । यसमा जनताको पूरै साथ छ,” उनले भनिन् ।

तर, सरकार अताल्लिएको उनको प्रतिक्रिया छ  । बिहान बाटामा दुईजना पनि उभिन नदिएको र आन्दोलनकारी भन्दै धरपकड सुरु गरेको उनले बताइन् । “अहिले महाराजगञ्ज वृत्तमा ६८ जना राखिएको छ । दुई–तीनजनालाई प्रहरीले कुटपिट गरेको रहेछ । हामीले उहाँहरूलाई उपचार गराउन भनेका छौँ । हामीमध्ये केहीले खाना खायौँ । बाँकी भोकभोकै छन् । सरकारको आतंकको वर्णन गरिसाध्य छैन,” उनले बाह्रखरीसँग भनिन् ।

Global Ime bank

पक्राउ परेकामध्ये सिनियर नेताहरूलाई प्रहरीले छाड्ने तयारी गरे पनि सबै आन्दोलनकारी मुक्त नभएसम्म वृत्त नछाड्ने उनले बताइन् ।

“हामीलाई जहाँबाट उठाएर ल्याएको हो, त्यहीँ पुर्याउनू भनेका छौँ । भोकै रहेकाहरूलाई खाना, खाजा देऊ भनेका छौँ । घाइतेहरूको उपचार पनि प्रहरीलाई नै गर्न लगाएका छौँ,” उनले भनिन्, “आमहड्ताल प्रतिगमनले निम्त्याएको कदम हो । यसलाई बाध्यताको रूपमा हामीले लिएका छौँ । आज एकदिन कष्ट सहौँ । अब ओलीको सत्ता धेरैदिन लम्बिनेवाला छैन ।”

उनले अहिले प्रहरी कार्यालयभित्र आन्दोलनकारीबीच परिचयात्मक कार्यक्रम, नाराबाजी भइरहेकोसमेत बताइन् । शाक्यले साँझपछि जनजीवन सहज हुने पनि बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC