site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रविलाई कांग्रेस सांसद बस्नेतको चुनौती– ब्ल्याकमेलिङ होइन, फाइल खोलेर देखाउनुहोस्
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा उनले गृहमन्त्रीलाई कांग्रेस नेताहरूको फाइल खोल्ने धम्की नभई फाइल भए खोलेर देखाउन चुनौती दिए । उनले ब्ल्याकमेलिङको राजनीति नगर्न आग्रह गरे ।

Agni Group
NIC Asia

"राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरूसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगरौँ । कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन्," उनले भने ।

उनले नेपाली कांग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो निकास दिन सरकारलाई आग्रह पनि गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu