site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको खोप दाङमा पनि लगाइयो
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा घोराही र तुलसीपुरका दुई स्थानमा खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा दाङका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको छ ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर पन्थीलाई खोप लगाएर कार्यक्रमको सुरुवात गरिएको हो । पछि अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको थियो । त्यस क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले जिल्लाको एकमात्रै कोरोना परिक्षण प्रयोगशालाका रुपमा प्रतिष्ठान चुनिएको बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"कोरोना महामारीका बेला यसको रोकथामका लागि अग्रपंक्तिमा रहेर प्रतिष्ठानको जनशक्तिले काम गर्‍यो," उनले भनिन्, "अहिले खोप लगाउन पनि प्रतिष्ठानले उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी पाएको छ, र प्रतिष्ठान यसका लागि पूर्ण रुपमा तयार छ ।" साथै उनले यो खोप मानव स्वास्थ्यका लागि हानि नगर्ने भएकाले नआत्तिन बताइन् । "यसले मानव स्वास्थ्यमा कुनै खाले गम्भीर असर पार्दैन," उनले भनिन्, "फलतः कोरोनाविरुद्ध लड्ने यो खोपदेखि कोही डराउनु या आत्तिनुपर्ने छैन ।"

शुक्रबारदेखि लमही अस्पतालबाट पनि खोप लगाउन सुरु गरिने तयारी छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार जिल्लाको पश्चिम क्षेत्रका लागि तुलसीपुरस्थित प्रादेशिक अस्पताल, घोराही क्षेत्रका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र देउखुरी क्षेत्रका लागि लमही अस्पतालमा खोप लगाइनेछ ।

Global Ime bank

पश्चिम क्षेत्रका तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण, बबई र शान्तियनगर गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र लमही नगरपालिकासहित राप्ती, गढवा र राजपुर गाउँपालिकाका लागि लमही अस्पतालमा खोप लगाइने आचार्यले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा जिल्लामा तीन हजार जनालाई पुग्ने खोप आइपुगेको छ । अबका चरणमा आउने खोप सुरक्षाकर्मीलगायत सर्वसाधारणहरुको पहुँचमा पनि पुग्ने आचार्यले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement