site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ ।

दमककै हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए । 

Argakhachi Cement Island Ad

उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ । झापाकै एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले यादवको खोजी कार्य जारी राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्