site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिंहदबारबाहेक जहाँ पनि पुग्छन् प्रधानमन्त्री !
Sarbottam CementSarbottam Cement

दाङमा सोमबार भएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय 


काठमाडौं । प्रधानमन्त्री केपी ओली सोमबार दाङको सिहनिया–गढवा जाड्ने पुलको उद्घाटन गर्न त्यहाँ पुगे । उनले भालुवाङमा भएको जनसभालाई सम्बोधन गरे । उनी त्यहाँबाट फर्किँदा केहीबेर भैरहवा विमानस्थलको अवलोकन गरे ।

त्यसबाहेक प्रधानमन्त्री ओली पछिल्लो समय काठमाडौंसहित जिल्लामा हुने धेरैजसो कार्यक्रममा पुगिरहेका छन् । तर पछिल्लो १० महिनायता मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार गएका छैनन् । तर पछिल्लो एक महिनायता ओली दैनिकजसो विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी सिंहदरबार नगएको कार्यव्यस्तताले होइन कोरोनाको डरले हो ।  संसद् विघटनपछि ओली कोठे कार्यक्रममा मात्रै होइन आमसभामा पनि लगातार सहभागी हुन थालेका छन् ।  उनले मुलुक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै चलाइरहेका छन् ।

प्रधानमन्त्री ओली अन्तिमपटक गत चैत २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार गएका थिए । चैत २० गते कोरोना भाइरसपछि उत्पन्न परिस्थितिका बारेमा सार्क राष्ट्र प्रमुखहरूबीच भिडिओ कन्फरेन्स भएको थियो ।  त्यसबाहेक ओलीले चैत २९ गते सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स गरेका थिए । तर वैशाखयता प्रधानमन्त्री ओली सिंहदरबार गएका छैनन् । 

Global Ime bank

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई कोरोनाभाइरसको महामारीका कारण सिंहदरबारमा पहिलेभन्दा कम गएको बताउँछन् । उनले भने,“अब जानुहुन्छ ।” यसबाहेक उनी थप बोल्न खोजेनन् । प्रधानमन्त्री सिंहदरबार नजाँदा मन्त्रीहरु ‘रिपोर्टिङ’ गर्न निवासमै पुग्ने गरेका छन् । यसबाहेक प्रशासनिक कामका फाइल पनि प्रधानमन्त्रीको निवासमै पुर्‍याउने गरिएको छ ।

सिंहदरबार जान छाडेका प्रधानमन्त्री ओली संसद विघटनपछि देश दौडाहमा भने निकै सक्रिय छन् ।  उनी पूर्वदेखि पश्चिमसम्मका पार्टी कार्यक्रममा पुग्ने गरेका छन् । ओलीनिकटहरुले सिंहदरबारमा स्वास्थ्यका कारण नगएको दाबी गर्दै आएका छन् ।  स्वयम् ओली सरकारका मन्त्रीहरुलाई यो कुरा मन परेको छैन । एक मन्त्रीले प्रधानमन्त्री पनि दैनिक सिंहरदबारमा आएमा कार्य सञ्चालन सहज हुने बताउँछन् ।

प्रधानमन्त्री सिंहदरबारमा नगइकन बालुवाटारबाटै शासन चलाउनुलाई बलमिच्याँइको संज्ञा दिन्छन् पूर्वमुख्यसचिव डा.विमल कोइराला । 

उनी भन्छन्,“प्रधानमन्त्री नै अनुशासित नभएपछि त्यसको असर मन्त्रीहरुमा पनि देखिन्छ  । उनीहरु पनि समयमै कार्यालय नजाने बानीको विकास हुन्छ । यसको असर प्रशासनिक संयन्त्रमा पनि पर्छ । शासन व्यवस्थामा पनि असर पर्छ ।”

कर्मचारीले फाइल बोकेर प्रधानमन्त्री निवास जाँदा उनीहरुको मनोबल समेत कमजोर हुने पूर्वमुख्यसचिव कोइरालाको तर्क छ । बालुवाटारमै प्रधानमन्त्री रहँदा आम नागरिकको पहुँच पनि प्रधानमन्त्रीसँग नहुने कोइरालाको बुझाइ छ ।  जानकारहरुका अनुसार पछिल्लो एक दशकमा सिंहदरबार कम जाने प्रधानमन्त्रीमा केपी ओली पर्दछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC