site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा विवाद वार कि पारको स्थितिमा, २७ गते सचिवालय बैठक
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच दिनअघि नेकपाका कार्यकारी अध्यक्षसहित पाँचजना नेताहरूले सचिवालय बैठक राख्न सहमतिको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाएका थिए । ४८ घण्टा (आइतबार र सोमबार)को समयसीमा दिइएको थियो । स्थायी कमिटीको निर्णयअनुसार प्रधानमन्त्री ओलीले बैठक बोलाएनन् । बरु, विधानअनुसार बैठकको तयारी गर्नू भन्दै महासचिव विष्णु पौडेललाई निर्देशन दिए ।

पार्टी विधानको धारा ५९ आकर्षित गर्दै प्रधानमन्त्रीले बैठक १५ दिन धकेल्न खोजे पनि बहुमत सचिवालय सदस्यले मङ्गलबार धैर्य गरेका थिए ।

तर, मङ्गलबार पनि बैठक बसाउन ओली सहमत नभएपछि नेकपाभित्रको विवाद आमुन्नेसामुन्नेको अवस्थामा पुगेको छ । मङ्गलबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठकले कात्तिक २७ गते सचिवालय बैठकको मिति तय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले थप दुईदिन ओलीको बाटो हेर्ने निर्णय गरेका छौं । २७ गते ओलीले सहमति नदिए पनि पार्टी सचिवालयको बैठक बस्छ,” पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले पार्टीको अन्तरिम विधानको धारा ६० पनि स्मरण गराए । पार्टीको धारा ६० मा बहुमतको निर्णय नै पार्टी निर्णय हुने प्रावधान राखिएकाले सोही धारामा टेकेर पार्टीको बैठक राख्ने उनको आशय थियो ।

“हामी दुई–तीनदिन पर्खिन्छौं, त्यसपछि बैठक गर्ने कुरा भएको छ । सकेसम्म सबैलाई उपस्थित गराएर बैठक राख्नेछौं,” उनले भने, “नभए विधानअनुरूप बैठक बस्नेछ ।”

Global Ime bank

मङ्गलबार धुम्बाराहीमा बहुमत सदस्य जम्मा हुनुअघि पार्टी अध्यक्ष प्रचण्ड ओलीको बोलावटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । आजको भेटमा पनि ओलीले पुरानै अडान राखेको र बैठक बस्न सहमति नदिएको प्रवक्ता श्रेष्ठले प्रेस ब्रिफिङमा बताए ।

“उही महासचिव विष्णु पौडेलले पर्सिसम्म बस्छ होला भनेर भन्नुभएछ,” श्रेष्ठले बाह्रखरीसँग भने, “तर, बैठक बोलाउने सम्भावना न्यून छ।” पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सहमतिमै बैठक बस्नेमा जोड दिए । उनले २७ गते प्रधानमन्त्री बैठकमा उपस्थित हुने आशा पनि व्यक्त गरे । बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सकेर बाहिर निस्किएपछि सञ्चारकर्मीसँग भने, “बैठक बस्छ । हामी बैठकमा छलफल गर्छौं । अर्को अध्यक्ष (ओली) पनि तयारै हुनुहुन्छ ।”

प्रधानमन्त्री आउनुभएन भने बहुमतको बैठक बस्नुहुन्छ त भन्ने जिज्ञासामा उनले ‘सम्भावना रहेको’ बताए । “बैठक बस्छौं, सबै कुरा त्यहीँ छलफल हुन्छ,” उनको जोड थियो । सचिवालयका अर्का नेताले पनि २७ गतेको बैठक कुनै हालतमा नरोकिने बताए । “पाँच दिन हामीले पर्खिइसक्यौं । फेरि पनि सहमति खोज्दै समय गुजार्ने कुरा आउँदैन,” ती नेताले भने, “पर्सि बैठक बस्छ ।”

प्रवक्ता श्रेष्ठले पनि पाँच दिनसम्मको पर्खाइ बहुमत सदस्यहरूको कमजोरी नरहेको बताए । पार्टी एकता बचाउनुपर्ने दायित्व रहेकाले त्यही निर्वाह गरेको र सहमतिका साथ अघि बढ्ने जमर्को गरेको जानकारी दिए ।

“हाम्रो पार्टीको अहिलेको सङ्कटको विशिष्ट परिस्थितिमा हामी पार्टी एकताप्रति अत्यन्तै संवेदनशील छौं,” श्रेष्ठले भने, “धैर्यका साथ हामीले सहमतिमै बैठक बस्न प्रयत्न गरिराखेका छौं । यो कमजोरी होइन । बरु, हामीले पार्टी एकतालाई बचाउन सबै कमरेडहरूले विवेक प्रयोग गरेर सहमतिमा बैठक बसेर पार्टी एकताको रक्षा गर्ने, पार्टीका निर्णयहरू कार्यान्वयन गराउने दिशामा अघि बढ्न सकियोस् भनेर प्रयत्न गरिराखिएको हो । यो प्रयत्नकै क्रममा पर्सि बैठक बस्न सहमति जनाउँ भनेर अध्यक्ष कमरेड ओलीलाई भनिएको छ । आश छ पर्सि बैठक बस्ने छ । बसेन भने के गर्ने भनेर हामी सोच्न चाहँदैनौं ।”

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ अरूले बैठक राख्नै नसक्ने जिकिर गर्छन् । बैठक बोलाउने वैधानिक अभिभारा महासचिवलाई भएकाले दुई अध्यक्षको परामर्शमा विष्णु पौडेलले बोलाउने उनको भनाइ थियो ।

“बैठक अरूले बोलाउन सक्दैनन् । बैठक भनेको दुईजना अध्यक्षको सल्लाह, सहमतिमा महासचिवले मात्रै राख्न सक्नुहुन्छ,” उनले भने, “अस्ति केही सचिवालयका साथीहरूले निवेदन दिनुभएको छ । संयोग र सौभाग्यले बालुवाटारमा अध्यक्ष केपी ओलीले पत्रमा तोक लगाउँदामा म पनि सँगै थिएँ । अध्यक्ष ओलीले महासचिवको नाममा तोक लगाउनुभएको छ– विधान बमोजिम बैठक राख्ने ।”

उनले आज होइन, त्यतिबेलै बैठक राख्ने भनेर ओलीले निर्देशन दिइसकेको बताए । विधान बमोजिम भएकाले महासचिव पौडेलले प्रक्रिया पूरा गर्न दुईजना अध्यक्षसँग छलफल गरेको पनि बताए ।

“आज त्यहीक्रममा दुईजना अध्यक्षको बीचमा सल्लाह भएको छ,” उनले भने, “दुईजना अध्यक्ष पनि बैठक राख्ने भन्नेमा हुनुहुन्छ । त्यसमा उहाँहरूको राय मिलेको छ । बैठक राख्न उहाँहरूले महासचिवलाई भनिसक्नुभएको छ । महासचिवले आह्वान गर्नुहुन्छ ।”

तर, पर्सिको बैठक बहुमत पक्षधरको भएको उनको भनाइ छ । “उहाँहरूले घोषणा गरेर कहाँ हुन्छ र महासचिवले बोलाउनुपर्छ,” उनी भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement