विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा महत्वपूर्ण मानिएको राज्य फ्लोरिडामा डोनाल्ड ट्रम्पले जित हासिल गरेको बीबीसीले जनाएको छ । उक्त राज्यमा ट्रम्पले दोस्रोपटक जित हासिल गरेका हुन् । त्यहाँ डेमोक्रेटेसहरुले करोडौँ खर्च गरेर मतदातालाई प्रभावित पार्न खोजेको बीबीसीले जनाएको छ ।
रिपब्लिकनहरुको बर्चस्व रहेको उक्त राज्यमा ट्रम्प पराजित भएको भए राष्ट्रपतिमा पुनः विजयी हुने बाटो बन्द हुन सक्ने आकलन गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७ १२:२२
प्रतिक्रिया दिनुहोस्