site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

तिरना (अल्वानिया) । तीन जना हतियारधारी लुटेराको समूहले अल्वानियाको व्यस्त तिरना विमानस्थलबाट करोडौँ युरो बोकिएको एक हतियारले सुसज्जित गाडीलाई लुटी लगेका अल्वानियाली दैनिक पत्रिकाले शुक्रबार जनाएको छ ।

विमानस्थलको धावनमार्गमा उक्त गाडीबाट विमानमा पु¥याउने क्रममा उक्त नगद लुटिएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तिरनाबाट अस्ट्रियाको भियनाका लागि उड्न लागेको जहाजमा कुनै बैकिङ क्षेत्रमा काम गर्ने कम्पनीले नगद लग्न लागेको समाचारमा उल्लेख छ ।

नकावधारी लुटेराहरुले नगद कब्जामा लिएपछि त्यसलाई एक गाडीमा राखी तापिजाको पुल नजिक पु¥याएका थिए । त्यसपछि उनीहरूको सम्लग्नता रहेको प्रमाण नष्ट गर्न उक्त गाडीमा आगो लगाइएको थियो । आगोले जलेर नष्ट भएको गाडीमा अनुसन्धानका लागि उपयुक्त हुने कुनै सङ्केत नभेटिएको सुरक्षा अधिकारीले बताएका छन् ।

Global Ime bank

विमानस्थललाई लक्षित गरी आतङ्ककारी आक्रमण हुन थालेपछि विमानस्थलमा सुरक्षास्थिति मजबुत गरिएको भनिरहेका बेला विमानस्थलमा लुटेरासमूहले ठूलो धनराशी लुट्न सफल भएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७३  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC