site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘अनधिकृत बैठकले गरेको निर्णय मान्दैनौं, नेकपाभित्रको लोकतन्त्र नासियो’

काठमाडौं । कर्णाली प्रदेशका नेकपाका सह-इन्चार्ज यामलाल कँडेलले अनधिकृत ढङ्‍गबाट बोलाइएको संसदीय दलको बैठक र त्यसले गरेको फैसला नमान्ने बताएका छन् ।

शुक्रबार कँडेललगायत प्रदेशसभा सदस्यहरूले दर्ता गरेको अविश्वासको प्रस्ताव संसदीय दलले विधिवत् अस्वीकृत गरेको थियो । तर, कँडेलले सङ्ख्या निर्णायक हुने भए पनि बहुमत गुमाइसकेको व्यक्तिले बैठक बोलाएर बहुमत सिद्ध गर्नु दलभित्रको आन्तरिक लोकतन्त्र मास्ने काम भएको टिप्पणी गरे ।

Argakhachi Cement Island Ad

“हामीले यो बैठकलाई अनधिकृत व्यक्तिले बोलाएका रूपमा बुझेका छौं, त्यसले गरेको फैसलाका रूपमा बुझेका छौं,” उनले बाह्रखरीसँग भने, “नेकपाभित्र यस्तो हुन्छ, आन्तरिक लोकतन्त्र मासिन्छ, कमजोर हुन्छ भनेर कल्पना गरेको थिइनँ । नेकपाको उद्देश्य र नीति पनि यो होइन । अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ । अविश्वासको प्रस्ताव आइसकेपछि जिम्मेवार व्यक्ति र नेताहरूले जुन निष्कर्ष निकाले, त्यसले नेकपाभित्रको विधि, लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ ।”

उनले आफ्नो अविश्वासको प्रस्तावमा यथावत् रहेको पनि बताए । संसदीय दलले अहिलेका लागि किनारा लगाए पनि संसद्‍मा जाने बाटो खुला नै रहेको र त्यसमा छलफल गरिरहेको जानकारी दिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्‍वासको प्रस्ताव बहुमतले अस्वीकृत

“समय क्रममा संसद्‌मा पुग्न सक्छ । विषय यथावत् छन् । संख्याका आधारमा यो विषय उठाइएको होइन । यद्यपि, छिनोफानो संख्याले नै गर्छ,” उनले भने, “विषयको समाधान भएको छैन । पद बाँडेर समाधान गर्न खोजिएको छ । पद बाँडेर समस्या समाधान गर्ने पार्टी नेकपा त होइन । मैले यसरी पनि बुझेको छैन ।”

कर्णालीमा ओली समूह- मुख्यमन्त्री ताक्दा मुख्य सचेतक पनि गयो

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १३:१०
प्रतिक्रिया दिनुहोस्