site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्‍वासको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

शुक्रबार बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्‍वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको बताइएको छ ।

Argakhachi Cement Island Ad

गत असोज २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र समूहका सांसदहरूले पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । २७ गते नेपाल समूह अविश्वासको प्रस्तावबाट फिर्ता भएको थियो ।

आज पूर्वमाओवादी केन्द्रका ठम्मरबहादर विष्टले पनि अविश्वासको प्रस्तावबाट आफ्नो मत फिर्ता लिँदै मुख्यमन्त्री शाहीको पक्षमा उभिएका थिए ।

 

आजै तीन मन्त्रीको शपथ खुवाउन नेपाल पक्षको माग

 

कर्णाली रडाको : प्रचण्ड-ओली पक्षका सांसद् भन्छन्- दलको ढोका बन्द गरिए संसद्‌ जान्छौं

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १२:१४
प्रतिक्रिया दिनुहोस्